फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्रमन्त्री महामारीको सामना सम्बन्धी ब्रिक्स मुलुकका विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी

(GMT+08:00) 2020-04-29 18:35:29

चिनियाँ राज्य परिषद्का सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यी २८ तारिख राति पैचिङमा कोभिड-१९ महामारीको सामना गर्न ब्रिक्स मुलुकका विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनुभएको छ। यो बैठक भिडियोको तरिकामार्फत आयोजित भएको हो। ब्रिक्स देशका अध्यक्ष मुलुक रूसका विदेमन्त्री सेर्गेइ लाभरोभले अध्यक्षता गर्नुका साथै ब्राजिल, भारत र दक्षिण अफ्रिकाका विदेशमन्त्रीहरू सो बैठकमा सहभागी हुनुहुन्थ्यो।

सो क्रममा महामारीले विभिन्न देशका जनताको जीवन तथा स्वास्थ्यमाथि गम्भीर धम्की दिनुका साथै मानवीय आवत-जावत तथा विश्वको अर्थतन्त्रमाथि गम्भीर प्रभाव पारेको कुरा मन्त्री वाङले बताउनुभयो। तर महामारीले शान्ति तथा विकास भन्ने युगको मुख्य विषयवस्तुमा परिवर्तन नगर्ने, बहु-ध्रुवीकरण र विश्वव्यापीकरण हुने ऐतिहासिक प्रक्रियालाई स्थगित नगर्ने र सभ्यता तथा प्रगति उन्मुख मानवजातिको सुदृढ पाइलालाई पनि नरोक्ने उहाँले बताउनुभयो।

ब्रिक्स मुलुकले बहुपक्षीयता लागू गरेर एकता तथा समन्वयलाई सबल पार्नुका साथै महामारीको सूचना तथा अनुभव बाँड्नुका साथै औषधि तथा खोपको अनुसन्धानमा सहयोग गरी महामारीको नकारात्मक प्रभावलाई कम पार्ने सहमति विभिन्न पक्षले गरेका छन्।

जानकारी तथा लेखहरु