|  | 
 | 
 | 
|  | 
 | ||||||||
|  | ||
|  | ||
|  | ||
| 
 | ||
|  | ||
|  | 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवं प्रधानमन्त्री ली ख छ्याङले हाल केही प्रान्त तथा शहरको आर्थिक परिस्थिति अनलाइन गोष्ठीको आयोजना गर्नुभएको छ। चिलिन,च्याङ्ग सु,हनान,क्वाङ् तुङ,सछ्वान प्रान्तका गभर्नर र शाङ्हाइ शहरका मेयरले सो गोष्ठीमा आ-आफ्ना क्षेत्रको आर्थिक सञ्चालन सम्बन्धी अवस्था र योजनाको जानकारी दिनुभएको छ।
प्रधानमन्त्री लीका अनुसार आकस्मिक रुपमा गराइएको महामारीका सामु राष्ट्राध्यक्ष सी चिनफिङ केन्द्रित कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बलियो नेतृत्वमा पूर्ण राष्ट्रको कठिन प्रयासमार्फत स्वदेशी महामारी अवस्थाको नियन्त्रणले महत्वपूर्ण उपलब्धि पाएको छ भने आर्थिक तथा सामाजिक परिपार्टी तिब्र गतिमा पुनःरुत्थान भैरहेको छ। वर्तमान माहामारी विश्वव्यापी रुपमा फैलिँदै गएको छ। स्वदेशी तथा विदेशी आर्थिक परिस्थिति निकै जटिल र गम्भीर बनेको छ। वास्तविकताबमोजिम बैज्ञानिक माध्यमले आर्थिक प्रवृत्तिलाई अनुसन्धान गर्नुपर्छ। नागरिको रोजगार,आधारभूत आवश्यकता, खाद्यान्न स्रोतको सुरक्षा,औद्योगिक शृङ्खला आपूर्तिको स्थिरता आदि क्षेत्रलाई प्रत्याभूति गर्नुपर्छ।

प्रधानमन्त्री लीले विभिन्न स्थलको जीवन सेवा व्यवसायको पुनःरुत्थान र महत्वपूर्ण परियोजनाको निर्माण सम्बद्ध आवस्थाको जानकारी लिनुभएको छ। उहाँले जोड दिनुभएअनुसार द्दढताका साथ भित्री चाहनाको विस्तार रणनीतिलाई प्रवर्द्धन गर्दै धेरै कदमले उपभोग्यलाई प्रेरित गर्नुपर्छ।
केही स्थलबाट रिपोर्ट गरिएअनुसार महामारी अवधिमा नयाँ प्रवर्द्धन शक्ति द्रृत विकसित भएको देखिन्छ। यसप्रति प्रधानमन्त्री लीका अनुसार उन्नत विनिर्माण उद्योग र नयाँ विकसित उद्योगको सक्रिय विकास गर्दै नयाँ प्रवर्द्धन शक्तिलाई शक्तिशाली प्रवर्द्धन गर्दै जानुपर्छ। साथै विदेशका लागि खुलापनलाई अझ विस्तार गर्दै अन्तर्राष्ट्रिय सहयोगमा उद्योगिक आपूर्ति शृङ्खलालाई स्थिर तथा गहन बनाउनुपर्छ।

यसबाहेक प्रधानमन्त्री लीले आधारभूत नागरिक प्रत्याभूतिलाई निकै जोड दिनुभएको छ। उहाँका अनुसार आर्थिक परिस्थिति नराम्रो हुँदा सबैभन्दा प्रभावित जनसमूह गरिब जनता हुन्। बित्तीय शक्ति कति कडा भएता पनि उनीहरूको आधारभूत जीवनलाई प्रत्याभूति गर्नुपर्छ।
| 
 | |||||||||
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 | |||||||||