फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डब्लुएचओ कुनै देश विशेष केन्द्रित हुन नसक्ने चिनियाँ उपपरराष्ट्र मन्त्रीको भनाइ

(GMT+08:00) 2020-04-30 16:54:44

चिनियाँ उपपरराष्ट्र मन्त्री ल युछङले २८ तारिख अमेरिकी राष्ट्रिय प्रसारण कर्पोरेशन अर्थात् एनबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिनुभएको छ।

सो क्रममा उहाँले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र चीनको सम्बन्ध घनिष्ट भएका हुनाले अमेरिकाले डब्लुएचओका लागि आर्थिक सहायता रोक्नेसम्बन्धी प्रश्नको जवाफ दिनुभएको छ। उहाँका अनुसार, डब्लुएचओले राम्रोसँग आफ्नो जिम्मेवारीलाई व्यवहारमा उतार्दै व्यावसायिक, व्यावहारिक र कुशलता देखाएको छ।

डब्लुएचओ भन्ने संस्था कुनै देशमाथि केन्द्रित नभएर मानवजातिको स्वास्थ्य तथा जीवनमाथि केन्द्रित हुनुपर्छ। अमेरिकाले अरू कुनै देशका नेतागण वा अन्तर्राष्ट्रिय संगठनले डब्लुएचओमाथि असन्तोष व्यक्त गरेका छैनन्। अमेरिकाले डब्लुएचओका लागि आर्थिक सहायता स्थगित गर्ने निर्णय तर्कहीन छ।

वर्तमान महामारीविरूद्ध लड्नुपर्ने केन्द्रिय समयमा अमेरिकाको गतिविधिले आफूलाई पूरै विश्वको विपक्षी स्थानमा राख्नुका साथै महामारीविरूद्ध गर्नुपर्ने प्रयासमा नै गम्भीर धक्का लागेको छ।

जानकारी तथा लेखहरु