|
|
|
|||||||||
|
||

चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक सम्मेलन बेग्ला-बेग्लै रुपमा मे २१ तारिख र मे २२ तारिख शुरु हुनेछन्। दुई वटा राष्ट्रिय अधिवेशन चीनको राजनैतिक जीवनको ठूलो कार्य हो। पहिले चीनका दुई वटा अधिवेशनको आयोजना भएको मितिमा विगत बीस वर्षभन्दा बढीको समयमा परिवर्तन भएको थिएन र हरेक वर्षको मार्च महिनाको शुरुमा आयोजना भएको थियो। चालू वर्षको शुरुमा कोरोना भाइरस फैलिएको छ। चिनियाँ जनताले महामारीको प्रतिरोध गर्नका लागि लडाइँ गरेको छ। जनता र जीवनलाई पहिलो स्थानमा राख्ने सिद्धान्तबमोजिम दुई वटा अधिवेशन आयोजनामा ढिलाई गरिएको हो। आयोजना हुन लागेको चीनका दुई वटा अधिवेशनमा ध्यान दिइने चार वटा क्षेत्र छन्।

पहिलो, हाल चीनको महामारीको प्रतिरोध सामान्यीकरण अवस्थामा प्रवेश भएको छ। दुई वटा अधिवेशन कसरी आयोजना हुने छ? चालू वर्षका दुई वटा अधिवेशन लगातार दुई दिनमा शुरु हुने छन्। चालू वर्षका दुई वटा अधिवेशनको समयले सामान्य नियमित समय भंग गर्ने छन्।
दोस्रो, सन् २०२०मा चीनले सम्पन्न समाजको लक्ष्य पूरा गर्ने, पहिलो सय वर्षको लक्ष्य साकार तुल्याउने छ। महामारी जटिल र अप्ठ्यारो भए तापनि चिनयाँ जनताले राष्ट्रिय पुनरुत्थान प्रक्रियामा उक्त ऐतिहासिक पाइला चढ्ने अठोटमा कुनै परिवर्तन हुने छैन।

तेस्रो, हरेक वर्ष राज्य परिषदका प्रधानमन्त्रीले सरकारी कार्य-प्रतिवेदनमा सोही वर्षको आर्थिक तथा सामाजिक विकास मुख्य अनुमानित लक्ष्य प्रस्तुत गर्ने प्रचलन छ। चिनियाँ राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिले उक्त अनुमानित लक्ष्यबारे लेखाजोखा गर्ने गर्दछन्। र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यले उक्त लक्ष्यबारे प्रस्ताव प्रस्तुत गर्ने गर्दछन्। चालू वर्षको लक्ष्यमा ध्यान दिइने छ।
चौथो, हरेक वर्षको दुई वटा अधिवेशनमाथि जनताले ध्यान दिने र संलग्नता जनाउने गर्दछन्। एक अर्ब चालीस करोड जनता महामारीको प्रतिरोध लडाइँका सिपाही हुन्। सबैले दुई वटा अधिवेशनका बेलामा उक्त लडाइँबारे छलफल गर्ने, एक अर्कालाई प्रोत्साहन गर्ने छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||