फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकतावद्ध एक अर्ब चालीस करोड चिनियाँ नै महामारीको सच्चा हिरो

(GMT+08:00) 2020-05-01 16:46:22

मे एक तारिखका दिन अन्तर्राष्ट्रिय श्रम दिवस अर्थात् श्रमिकहरूको पर्व हो। महामारीको पृष्ठभूमिमा चालू वर्षको श्रम दिवसको असामान्य अर्थ रहेको छ।

चीनका सर्वोच्च नेता सी चिन फिङले महामारीको रोकथाम तथा नियन्त्रणको लडाइँलाई "जनयुद्ध"को रुपमा व्याख्या गर्नुभएको थियो। सी चिन फिङले जनताको जीवन सुरक्षा र शारीरिकक स्वास्थ्यलाई पहिलो स्थानमा राख्नुपर्ने, जनतामा निर्भर भई उक्त लडाइँलाई पराजित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। आकस्मिक महामारीको सामना गर्न चिकित्सकहरू, सडक सफाइकर्मीहरू, कुरियर द्रूतवाहकहरू, महामारी सामग्रीको उत्पादन गर्ने मजदूरहरू लगायतका धेरै श्रमिकहरूले आ-आफ्ना काममा योगदान गरेर महामारीलाई पराजित गर्न ठूलो शक्ति प्रदान गरेका छन्। राष्ट्राध्यक्ष सीले विदेशी नेताहरूसँग टेलिफोन वार्ता गर्दै चिनियाँ जनताले महामारीलाई पराजित गर्ने शक्ति र अठोट दिएका कुरामा जोड दिनुका साथै जनता नै साँचो अर्थमा हिरो भएको कुराको प्रशंसा गर्नुभएको छ।

चीनको विभिन्न क्षेत्रका चालीस हजारभन्दा बढी चिकित्सकले ह पैलाई सहायता दिए। उनीहरूले खतराको वेवास्ता गरी "सानो परिवार त्यागेर देशका लागि योगदानको" भावना देखाएका थिए। आवास समुदायमा काम गर्ने चालीस लाख कर्मचारीले छ लाख पचास हजार वटा आवास समुदायमा महामारीको अनुगमन, पासको व्यवस्थापन, कठिनाइमा परेका वासिन्दाको सहायताआदि कार्यहरू गरेका थिए।

एक अर्ब चालीस करोड चिनियाँले आ-आफ्ना पदमा रही महामारीको प्रतिरोध गर्न प्रयास गरेका छन्। हरेक जना चिनियाँ श्रमिकको कथाबारे जानकारी लिएपछि अन्तर्राष्ट्रिय समाजले चीनले महामारीको लडाइँबाट कसरी विजयी प्राप्त गरेको भन्ने कुरा बुझ्ने छ।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकका वरिष्ठ सल्लाहकार ब्रुस एल्वार्टले स्वयंसेवीले आफूलाई चीन र विश्वको विभिन्न क्षेत्रको संरक्षण गर्ने फ्रन्टलाइनमा राखेको कुरा बताउनुभयो।

हाल महामारीको रोकथाम तथा नियन्त्रण स्थिति राम्रो बन्दैआएको छ। चीनका विभिन्न क्षेत्रले पुनःकार्य र उत्पादन गर्न गति प्रदान गरिरहेका छन्। मेहनती चिनियाँहरू उत्पादनमा संलग्न भएका छन्।

योजनाअनुसार, चालू वर्ष चीनले औसत गरिबी उन्मूलन गर्ने लक्ष्य पूरा गर्ने, सम्पन्न समाजको लक्ष्य पूरा गर्ने छ। महामारीले चीनको आर्थिक विकासका लागि चुनौती दिएको छ तर एक अर्ब चालीस करोड चिनियाँ एकतावद्ध भएमा पराजित गर्न नसक्ने चुनौती र कठिनाइ होइन। सबै श्रमिकहरूबाट पूर्ण हुने ठूलो शक्तिले चीनलाई अगाडि हिड्न र निर्धारित विकास लक्ष्य साकार तुल्याउन अघि बढाउनेछ।

जानकारी तथा लेखहरु