फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र पेरूका राष्ट्रपति मार्टिनबीचको फोन वार्ता

(GMT+08:00) 2020-05-01 16:58:14

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र पेरूका राष्ट्रपति मार्टिन भिज्काराले अप्रिल ३० तारिख राति फोन वार्ता गर्नुभएको छ।

कोभिड-१९ महामारीका सामु चीनले सधैं मानव भाग्य समुदायको सिद्धान्तमा आधारित रहेर समयमै विभिन्न देश तथा डब्लुएचओलाई सूचना बाँड्नुका साथै महामारी विरूद्ध अन्तर्राष्ट्रिय सहकार्य गर्दैआएको छ। चीनले सक्दो प्रयासमा धेरै देश तथा अन्तर्राष्ट्रिय संगठनलाई आपतकालीन आपूर्ति सहायता दिनुका साथै विविध मञ्चद्वारा अनुभव बाँडेर विभिन्न देशलाई सहयोग गरेको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, पेरूलगायत ल्याटिन अमेरिकी र क्यारिबियन देशहरूमा महामारी फैलिंदैछ। चीनले पेरू सरकार तथा जनतालाई दृढ समर्थन दिनुका साथै सक्दो प्रयासमा समर्थन तथा सहयोग दिनेछ।

राष्ट्रपति भिज्काराले पेरू र चीनको सम्बन्ध राम्रो हुनुका साथै विभिन्न क्षेत्रको आदानप्रदान तथा सहयोग स्थिरताका साथै विकसित भएको प्रकट गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले भन्नुभएको महामारीबाट मानव भाग्य समुदायको निर्माण ज्यादै महत्वपूर्ण देखिएको कुरा उहाँले समर्थन गर्नुभयो। अन्तर्राष्ट्रिय जगतले एकता तथा सहकार्यलाई सबल पार्दै बहुपक्षीयता तथा डब्लुएचओको नेतृत्वदायी भूमिकालाई समर्थन दिनुपर्छ।

जानकारी तथा लेखहरु