फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी उद्योग-व्यवसायहरूका जिम्मेवार व्यक्तिहरूद्वारा चीनको अर्थतन्त्रबारे चासो

(GMT+08:00) 2020-05-01 17:20:24

महामारीपछि विदेशी पूँजीबाट संचालित उद्योग-व्यवसायहरू चीनबाट फिर्ता हुनेछन्? यसबारे चाइना मिडिया ग्रुपका पत्रकारहरूले चालू वर्ष आयोजना हुने तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुन निवेदन गरेका विदेशी उद्योग-व्यवसायहरूका जिम्मेवार व्यक्तिसँग अन्तर्वार्ता लिएका छन्। ती जिम्मेवार व्यक्तिहरूले चीनबाट फिर्ता नलिने र आयात एक्स्पोको मौका छोपेर चीनमा थप लगानी गर्ने जवाफ दिएका छन्। उनीहरू चिनियाँ अर्थतन्त्रको भविश्यप्रति आशावादी छन्। थाहा भएअनुसार, तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागिताका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने उद्योग-व्यवसायको संख्या एक हजार एक सय पुगेको छ। ती उद्योग-व्यवसाय अमेरिका, जापान, जर्मनी, इटालीआदि मुलुकहरूबाट छन्।

जापान बाह्य व्यापार संगठनअन्तर्गत शांगहाई शाखाका निर्देशक मिचिआकी ओगुरीले गत वर्ष जापान बाह्य व्यापार संगठनका करीब दुई सय वटा उद्योग-व्यवसाय चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी भए, चालू वर्ष अझ धेरै जापानी उद्योग-व्यवसाय आयात एक्स्पोमा सहभागी हुने अनुमान गरिएको कुरा बताउनुभयो।

आईकेईए अन्तर्गत चीनको रियल स्टेट विभागका अध्यक्ष स्टेफन डेभिल्लेले चालू वर्षको चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा इकेको प्रदर्शनी क्षेत्रफल एक गुणाले वृद्धि हुने कुरा बताउनुभयो।

बोएह्रीन्गर इन्गेल्हैमअन्तर्गत ग्रेटर चीन शाखाको ‌औषधी विभागका जिम्मेवार व्यक्ति पाभोल डोब्रोकीले उहाँको कम्पनीका लागि चीन सर्वप्रथम ध्यान दिने बजार भएको बताउँदै उनीहरूले चिनियाँ बजार विस्तार गर्ने मौका खोजिरहेको कुरा बताउनुभयो।

रिचमोन्टका अध्यक्ष जेरोमी लाम्बेर्टले चीन सबैभन्दा महत्वपूर्ण बजारहरुमध्येको एक हो भन्दै तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुने कुराबाट चीनको अर्थतन्त्रप्रतिको विश्वस्तता प्रतिविम्वित हुने बताउनुभयो।

जानकारी तथा लेखहरु