फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरस महामारी पश्चात् चिनियाँ जीवन..चिनियाँ हटपट रेस्टुराँ

(GMT+08:00) 2020-05-02 17:01:00

हाल चीनमा कोरोनाभाइरस महामारीको लगभग अन्त्य भइसकेको छ। योसँगै चिनियाँ जनजीवन पनि सामान्य बन्दैगएको छ। अप्रिल २९ तारिखबाट बेइजिङ नगरपालिकाले पनि स्वास्थ्य स्तर सङ्केतलाई दोस्रो स्तरमा झारिसकेको छ। सडक, बजार, रेस्टुराँ र मलहरूमा भीड पहिलेजस्तै देखिन थालेको छ तापनि पहिलेभन्दा स्थिति केही फरक छ। पूर्ण रूपमा पूर्ववत् स्थितिमा फर्कन अझै केही समय लाग्ने छ साथै सबैजना होशियार पनि रहनु आवश्यक छ।

यो एउटा चिनियाँ हटपट रेस्टुराँमा खिचिएको भिडियो हो। ठ्याक्कै सय दिनपछि यसरी बाहिर बसेर खाएको पहिलो पल्ट हो, मैले। यसभन्दा अघि पनि रेस्टुराँमा बसेर खान नपाइने भने होइन। तपार्इँहरूलाई पनि कहिले लकडाउन खुल्ला, कहिले स्थिति सामान्य होला र यसरी खाउँला भन्ने भएको होला। आशा गरौं, त्यो दिन टाढा छैन।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु