फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड-१९ भाइरस प्रकृतिबाट आएकोः डब्लुएचओ

(GMT+08:00) 2020-05-02 16:59:07

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मार्च १ तारिख जेनेभामा कोभिड-१९सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गरेर वुहान भाइरस अनुसन्धान संस्थाबाट कोभिड-१९ भाइरस उत्पत्तिस्थलको शंकाबारे जानकारी दिएको छ। धेरै वैज्ञानिकहरूले कोभिड-१९ भाइरसको जीन अनुक्रमबारे अनुसन्धान गरेर उक्त भाइरस प्रकृतिबाट आएको पुष्टि गरेको डब्लुएचओअन्तर्गत आपतकालीन कार्यक्रमका जिम्मेवार माइकल र्यानले व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, वर्तमान महत्वपूर्ण कार्य भाइरसको मुहानलाई निश्चित गरेर मानवजाति तथा जनावरबीच भाइरस कसरी प्रसारण हुन्छ भन्नेबारे जानकारी पाउनु हो।

सो क्रममा डब्लुएचओअन्तर्गत आपतकालीन कार्यक्रमका प्राविधिक प्रमुख मारिय भान केर्घोभले वुहानमा गम्भीर बिरामीको संख्या शून्यमा झरेको विषयबारे शुभकामना दिनुभयो। उहाँका अनुसार, विश्वले चीनबाट अनुभव सिकेको थियो र वुहानबाट रोकथाम कदम कसरी चाल्ने र समाजलाई नयाँ सामान्य अवस्थामा फर्काउने भन्ने विषयबारे निरन्तर रूपमा सिक्नुपर्छ।

जानकारी तथा लेखहरु