फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भाइरसको मूलसम्बन्धी षड्यन्त्र सिद्धान्त तथा उत्तरदायित्व सिद्धान्तबारे सामना -लान्सेन्टका प्रधान सम्पादक

(GMT+08:00) 2020-05-02 17:03:22

अन्तर्राष्ट्रिय प्रसिद्ध चिकित्सा पत्रिका "लान्सेन्ट"का प्रधानसम्पादक रिचार्ड होर्टोनले १ तारिख चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिनुभएको छ। सो अवसरमा उहाँले भाइरसको मूलसम्बन्धी षड्यन्त्र सिद्धान्तलगायत अफवाहहरु हास्यास्पद भए तापनि त्यसमाथि महत्व दिनुपर्ने कुरा बताउनुभएको छ। उहाँका अनुसार, भाइरससम्बन्धी षड्यन्त्र सिद्धान्त महामारीको रोकथाम तथा नियन्त्रणका लागि सहयोगी छैन। भाइरसको जराबारे जानकारी पाउनुका साथै वैज्ञानिक सोचले भाइरसको अनुसन्धान गर्नुपर्छ। षड्यन्त्र सिद्धान्तको नकारात्मक प्रभाव ज्यादै गम्भीर रहेको छ।

पहिलो बिरामी खोज्ने कुराको खासै अर्थ छैन। त्यसको तुलनामा भाइरसको जरा पत्ता लगाउनु अझ महत्वपूर्ण छ।

अमेरिकाको विज्ञान तथा चिकित्सा स्तरको उच्च प्रशंसा गरेका होर्टनले अमेरिकी राजनीतिज्ञको भनाइबारे निराशा व्यक्त गर्नुभयो।

चीन भाइरसको मूल प्रसारणथलो भएको भन्ने आलोचना उपयोगी र वास्तविक नभएको होर्टोनले बताउनुभयो। चीन सरकारसँग सहकार्य गरेर महामारीबारे जानकारी र महामारीलाई फैलिन नदिनु मुख्य कार्यभार हो।

उहाँका अनुसार, सार्सबाट अनुभव नसिकेकोले मानवजातिका लागि त्रासदी भएको छ। अधिकांश पश्चिमा देशहरूले प्रारम्भिक चेतावनीमाथि महत्व नदिएकोमा उहाँले आलोचना गर्नुभएको छ।

जानकारी तथा लेखहरु