फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१६ वटा मुलुकमा १४९ जना चिनियाँ चिकित्सा विशेषज्ञ

(GMT+08:00) 2020-05-02 17:05:19

मे दुई तारिख दिउँसो चीनको राज्य परिषदको रोकथाम तथा नियन्त्रण संयन्त्रले पत्रकार सम्मेलनको आयोजना गरेको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले महामारीको सम्बन्धी सूचनाबारे जानकारी दिएको छ।

विश्व स्थास्थ्य संगठनको पछिल्लो जानकारीअनुसार, महामारी २१३ वटा मुलुक तथा क्षेत्रमा फैलिएको छ। प्रति दिन पुष्टि बिरामीको संख्या लगातार एक महिनासम्म साठी हजार भन्दा बढी पुगेको छ। चीनले १६ वटा मुलुकलाई १५ खेपमा जम्मा १४९ जना चिकित्सा रोकथाम तथा नियन्त्रण विशेषज्ञ पठाइसकेको छ। हाल सर्बियाको प्रतिरक्षा मन्त्रालयले चिनियाँ विशेषज्ञ टोलीलाई राष्ट्रिय संरक्षणको द्योतक भएको सर्वोच्च प्रतिष्ठा पदक वितरण गरेको छ। चीनले अन्तर्राष्ट्रिय समाजसँग निरन्तर रुपमा सहयोग गर्ने र महामारीको संयुक्त रुपमा प्रतिरोध गर्ने छ।

जानकारी तथा लेखहरु