|
|
|
|||||||||
|
||

हाल अमेरिकी टेक्सास राज्यको सान एन्टोनियो शहरका मैयर रोन निरेन्बेर्गले गम्भीर रुपमा महामारी फैलिएको अवस्थामा घृणायुक्त भाषण बढेको कुरा औँल्याउनु भएको छ।
टाइम्स पत्रिकाका अनुसार, न्युयोर्क प्रहरीले कोभिड-१९ महामारीसम्बन्धी १५ वटा घृणा अपराधमा सबै पीडित एशियाली रहेको बताएको छ। साथै महामारी फैलिएदेखि अमेरिकामा करिब १ हजार २ सय एशियालीमाथि लक्षित घृणा प्रहार कार्य भएको देखिन्छ।
जातिवाद अमेरिकी समाजमा दीर्घकालीन रहेको समस्या हो। महामारीको अवस्थामा अमेरिका सरकारले विभिन्न जातीय व्यक्तिका लागि दोहोरो मापदण्ड लिएको छ। अझ क्रुर कुरा के हो भने चिकित्सा आपूर्ति अभावको पृष्ठभूमिमा रङ्भेदलाई बढावा दिएको देखिन्छ। भेंटिलेटर अभावको अवस्थामा अमेरिकी चिकित्सा संस्थाले सर्वप्रथम अफ्रिकीका लागि इन्टिब्युसन थेपारी नगर्ने अमेरिकी राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रका विशेषज्ञ किजमेकिया कोबेटले चर्चा गर्नुभएको छ।

अमेरिकी एडस रिसर्च कोष तथा इमोरी विश्वविद्यालयको रोलिन्स सार्वजनिक स्वास्थ्य स्कुलले अप्रिल महिनाको तथ्याङ्कलाई विश्लेषण गर्दा अमेरिकामा कोभिड-१९ बाट संक्रमित विरामी तथा मृतकमा अफ्रिकीको अनुपात ५२ र ५८ प्रतिशत पुगेका छ।
अमेरिकी राजनितिज्ञले जातिवाद रुचाएका छन्। भविष्यमा उनीहरूले आफै प्रसारण गरेको घृणाका लागि मूल्य तिर्नुपर्नेछ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||