फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी विरूद्धको अन्तर्राष्ट्रिय सहकार्यमा राष्ट्राध्यक्ष सीको सम्बोधनको महत्वपूर्ण अर्थ

(GMT+08:00) 2020-05-19 16:59:32

मे १८ तारिख ७३ औँ विश्व स्वास्थ्य महाधिवेशनको उद्धाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै मानवजातिको स्वास्थ्य समुदायको संयुक्त निर्माणबाट चीनको महामारी विरूद्ध धारणा व्याख्या गर्नुका साथै अनेकन महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। महामारी विरूद्ध विश्वको विश्वास तथा अन्तर्राष्ट्रिय सहकार्यलाई बढाउन र विश्व शासन प्रणालीको योजना गर्नका लागि यसको महत्वपूर्ण वास्तविक तथा गहिरो अर्थ रहेको छ। चिनियाँ उपपराष्ट्रमन्त्री मा चाउस्युले १८ तारिख पैचिङमा उक्त कुरा बताउनुभएको हो।

उपमन्त्री माका अनुसार, राष्टाध्यक्ष सीले प्रस्तुत गर्नुभएको महामारीको रोकथाम तथा नियन्त्रण अनुभव बाँड्ने सुझाव चिनियाँ सफल अनुभवको समीक्षा हुनुका साथै विभिन्न देशको वर्तमान वास्तविकतासँग अनुकुल छ। जसले महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकासमा विभिन्न देशलाई नयाँ विचार प्रस्तुत गरेको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय सहकार्यलाई अझ बढी समर्थन गर्ने पाँच कदम घोषणा गर्नुभएको छ। महामारीबाट प्रभावित मुलुक, विशेषगरी विकासोन्मुख मुलुकमा महामारीको विरूद्ध तथ अर्थतन्त्र तथा समाजको पुनःविकासलाई समर्थन दिनका लागि आगामी दुई वर्षमा चीनले दुई अर्ब डलरको अन्तर्राष्ट्रिय सहायता दिनेछ। चीनियाँ कोभिड-१९ खोप अनुसन्धान तथा विकास भएर प्रयोग गरिएपछि विश्व सार्वजनिक उत्पादनको रूपमा प्रयोग गर्नसकिनेछ। यी व्यावहारिक कदमले वर्तमान तथा भविष्य महामारी विरूद्धमा महत्वपूर्ण विषय तथा कठिनाइमाथि लक्षित हुँदा चिनियाँ मानव भाग्य समुदायको निर्माण सिद्धान्त देखाएको छ। यो स्वादेश जनताको जीवन तथा स्वास्थ्यका लागि जिम्मेवारी हुनुका साथै विश्व सार्वजनिक स्वास्थ्य कार्यका लागि पनि जिम्मेवारवोध भएको उपमन्त्री माले प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु