फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वास्थ्य संगठनको महाधिवेशनमा राष्ट्राध्यक्ष सीको आह्वान

(GMT+08:00) 2020-05-19 17:32:08

मे १८ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्व स्वास्थ्य संगठनको ७३ औँ भिडियो कन्फेरेन्सको उटन समारोहलाई सम्बोधन गर्नुभएको छ। उहाँले विभिन्न मुलुकले हातेमालो गरेर मानवजातिको स्वास्थ्यको संयुक्त समुदायको संयुक्त निर्माण गर्न आह्वान पनि गर्नुभएको छ।

सम्बोधनमा उहाँले कोभिड-१९ महामारीको नियन्त्रण तथा प्रतिरोध सम्बन्धी ६ वटा सुझाव प्रस्तुत गर्नुभएको छ। ती ६ वटा सुझाव यस प्रकार छनः विभिन्न मुलुकहरूले मानवलाई केन्द्रमा राख्दै प्राणलाई प्राथमिकता दिनुपर्छ। बैज्ञानिक तरिकाले चिकित्सा शक्ति तथा सामग्रीको सामन्जस्य तथा वितरण गर्दै संरक्षण, कोरेन्टाइन, जाँच, उपचार, ट्र्याकिङ गर्दा प्रभावकारी कदम चाल्नुपर्छ। चाँडै नै महामारीको फैलावट तथा अन्तर्देशीय प्रचारप्रसारको रोकथाम गर्नुपर्छ। सूचना बाँड्नुलाई सबल पार्दै जाँच तरिका, उपचार उपाय तथा भ्याक्सिनको अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग सबल बनाउनुपर्छ। साथै राष्ट्राध्यक्ष सीले महामारीबाट प्रभावित मुलुक विशेष गरी विकासोन्मुख मुलुकको लागि आगामी २ वर्षमा २ अर्ब अमेरिकी डलर बराबर अन्तर्राष्ट्रिय सहयोग प्रदान गर्ने लगायत विश्वमा महामारीको प्रतिरोध अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी ५ वटा कदमलाई पनि सार्वजनिक गर्नुभएको छ।

संयुक्त राष्ट्र संघका महासचिव तथा अन्य मुलुकका नेतागणले पनि सम्बोधन गर्दै बहुपक्षबाद, विश्व स्वास्थ्य संगठनको भूमिका तथा महामारी प्रतिरोधी अन्तर्राष्ट्रिय सामन्जस्य तथा सहयोगको समर्थन दिँदै जाने पुष्टि पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु