फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमाथि हस्तक्षेप गर्न खोज्नु अमेरिकी राजनीतिज्ञको दुष्प्रयास मात्र

(GMT+08:00) 2020-05-19 21:28:46

७३ औँ विश्व स्वास्थ्य महाधिवेशन मे १८ तारिखदेखि १९ सम्म आयोजित भएको छ। अवश्य नै थाइवान सत्ता फेरि एकपटक विश्व स्वास्थ्य महाधिवेशनबाट अस्वीकार गरिएको छ। अमेरिकी राजनीतिज्ञबाट उक्साइएको "विश्व स्वास्थ्य महाधिवेशनमा थाइवानको सहभागिता" यसरी सम्पन्न भएको छ। जसबाट महामारीको रोकथाम तथा नियन्त्रणमा केही अमेरिकी राजनीतिज्ञले थाइवान मुद्दा खेलेर विश्व स्वास्थ्य महाधिवेशनमा समस्या थप्ने खतरनाक गतिविधि असफल भएको फेरि पुष्टि गरिएको छ।

वास्तवमा एक चीनको नीतिको आधारमा चिनियाँ केन्द्रीय सरकारले विश्व स्वास्थ्य मामिलामा थाइवान क्षेत्रको सहभागिताबारे राम्ररी तयार गरेको छ। जसरी थाइवान टापुभित्र वा अन्तर्राष्ट्रिय जगतमा आपतकालीन सार्वजनिक स्वास्थ्य मामिला उत्पन्न भएमा थाइवान क्षेत्रले समय तथा प्रभावकारी रूपमा सामना गर्न प्रत्याभूति दिएको छ। उदाहरणका लागि एक चीनको सिद्धान्तमा सन् २०१९ देखि चिनियाँ थाइवान क्षेत्रका २४ जना स्वास्थ्य विशेषज्ञले १६ चरणमा डब्लुएचओको प्रविधि कार्यक्रममा भाग लिएका थिए। कोभिड-१९ महामारी फैलिएयता चिनियाँ केन्द्रीय सरकारले जनवरीमा थाइवान क्षेत्रीय विशेषज्ञलाई वुहानमा महामारीको रोकथाम तथा नियन्त्रणको निरीक्षण गर्न बोलाएको थियो। मे १५ सम्म केन्द्रीय सरकारले थाइवान क्षेत्रलाई १५२ पटक महामारीको सूचना चर्चा गरेको छ।

वास्तविकताले धेरैपटक पुष्टि गरेको छ, थाइवान ब्रान्डले कसैलाई पनि धम्की दिन सक्दैन। जसले अन्तर्राष्ट्रिय जगतको व्यापक जनमत पनि तान्न सक्दैन। थाइवान मुद्दाबाट चीनमाथि हस्तक्षेप गर्न खोज्नु अमेरिकी राजनीतिज्ञको दुष्प्रयास मात्र हो।

जानकारी तथा लेखहरु