|
|
|
|||||||||
|
||

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे १८ तारिख बेलुकी ७३ औं विश्व स्वास्थ्य संगठनको भिडियो कन्फेरेन्सको उद्धाटन समारोहमा 'ऐक्यबद्धता तथा सहयोगमार्फत महामारीलाई जितेर मानवजातिको स्वास्थ्यको संयुक्त समूदायको निर्माण गरौँ' शीर्षकमा सम्बोधन गर्नभयो। विश्व स्वास्थ्य संगठनका पदाधिकारी तथा बहु मुलुकका व्यक्तिहरूले उहाँको सम्बोधनबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको महामारी नियन्त्रण प्रवर्द्धन सम्बन्धी ६ वटा सुझाव तथा विश्वव्यापी महामारी सहयोगलाई अघि बढाउने ५ वटा कदमहरू मावनजातिको संयुक्त समुदायको निर्माण भन्ने विचारमा आधारित भएको र चीन एउटा ठूलो जिम्मेवार मुलुक भइरहेको प्रतिविम्वित भएको बताएका छन्। ती विषयहरू महामारी प्रतिरोध अन्तर्राष्ट्रिय सहयोगको लागि अर्थपूर्ण रहेको ठहर पनि उहाँहरूले व्यक्त गर्नु भएको छ।

७२ औँ विश्व स्वास्थ्य संगठन महाधिवेशनका अध्यक्ष एवं लाओसका स्वास्थ्य मन्त्री बोन्कोन सिहभोनले सीको सम्बोधन प्रोत्साहित भएको र महामारीको प्रतिरोधमा चीनले महामारी विरूद्ध काम गरिरहेको र सम्पूर्ण समाजका शक्तिहरूले विश्वमा महामारी प्रतिरोधका लागि अनुभव तथा सहयोग पनि दिइरहेको भन्दै जोड दिनु भएको छ।

इजिप्टका विदेश मन्त्रालय एशियाली मामिला सम्बन्धी सहायक मन्त्री हानी सेलिमले मानवजातिका सामु देखापरेको यस महामारीमा चीनले विश्वका विभिन्न मुलुकका जनतालाई प्रदान गरेको सहयोगबाट मावनजाति संयुक्त भाग्य समुदायको निर्माण विचारलाई राम्रोसँग ब्याख्या गरिएको ठहर व्यक्त गर्नु भएको छ।

अस्ट्रेलिया एपीएसी समाचारका प्रमुख सम्पादक मार्कुस रूपेन्स्टाइनले सीको सम्बोधनमा उल्लेख भएको सामग्रीको आपूर्ति लिङ्कको प्रत्याभूति नै विश्वमा महामारी प्रतिरोधको लागि निकै निर्णायक पक्ष हो र महामारी प्रतिरोध क्षेत्रमा अन्तर्राष्ट्रिय समाजले पनि विश्वव्यापी सहयोग गर्न थाल्नुपर्ने औँल्याउनु भएको छ।

बेलायत अक्सफोर्ड विश्वविद्यालय चीन अध्ययन केन्द्रका प्रमुख राणा मिटरले सीले भन्नुभएको मानवजाति स्वास्थ्य संयुक्त समुदाय भन्ने विचार निकै महत्वपूर्ण भएको औँल्याउनु भएको छ। यसबारे ब्याख्या गर्दै राणाले भन्नु भएको छ -- किनकि महामारी संकटकत्र समाधान गर्दा एउटै मात्र मुलुकको भरमा पर्नुहुँदैन बरू विश्वका सबै बैज्ञानिक, विद्वान तथा विभिन्न मुलुकको संयुक्त सहभागी हुनुपर्छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||