|
|
|
|||||||||
|
||

यदि विश्वमा आफ्नो गल्ती अरूलाई दोष लगाउने चयन प्रतियोगिता भएमा अमेरिकी राजनीतिज्ञले अवश्य नै विजय प्राप्त गर्नेछन्। किनकि अव्यवस्थित रूपमा महामारीको रोकथाम तथा नियन्त्रण गर्ने अमेरिकी राजनीतिज्ञले आफ्नो गल्तीका लागि निहुँ खोज्दा झुटोद्वारा अरूलाई हिलो छ्यापेका छन्।
तर अमेरिकी राजनीतिज्ञका यस्ता प्रदर्शन साँचिकै धेरै छन्। विश्वका दर्शकहरूलाई त्यसबारेमा निन्दा, दिक्कदारी र घृणा लागेको छ। उनीहरू राजनीतिज्ञको झुटो विश्वास गर्दैनन्। किनभने झुटो त झुटो नै हो। वास्तविकता, न्यायशास्त्र, नैतिकता र विज्ञानका सामु अमेरिकी राजनीतिज्ञले आफ्नो गल्ती पन्छाउँदै अरूमाथि दोष लगाउने कार्य निरर्थक नाटकजस्तै हो। अमेरिकी सञ्चार माध्यमको विश्लेषणअनुसार, आफ्नो गल्ती तथा राजनीतिक लाभ कारणले अमेरिकी नीति निर्माताले चीनलगायत विभिन्न पक्षबाट प्रसारण गरिएको महामारी चेतावनीको बेवास्ता गरेका थिए। जसबाट अमेरिकामा भाइरसबाट १५ लाख २० हजार संक्रमित हुनुका साथै ९१ हजारको मृत्यु भएको छ। यस्तो गम्भीर गल्तीमा अरूलाई दोष लगाउने तरिका पक्कै पनि लुकाउन सकिन्न।


अझ भयानक कुरा के हो भने, अमेरिकी राजनीतिज्ञले धेरैपटक डब्लुएचओलाई लक्षित बनाएका छन्। अमेरिकी राजनीतिज्ञको तुलनामा भर्खरै समाप्त ७३औँ विश्व स्वास्थ्य अधिवेशनमा राष्ट्र संघीय महासचिव, जर्मनी तथा फ्रान्स लगायत धेरै देशका नेतागणले बेग्ला-बेग्लै रूपमा डब्लुएचओलाई सुदृढ समर्थन गर्नुभयो।
अमेरिकी राजनीतिज्ञले इतिहासमा आफ्नो गल्ती पन्छाउँदै अरूमाथि दोष लगाएर नेता भन्ने दाउ लिएका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||