फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र बंगलादेशी प्रधानमन्त्री बीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-05-21 16:43:29

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे २० तारिख बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन वार्ता गर्नुभएको छ।

टेलिफोनमा राष्ट्राध्यक्ष सीले कोभिड-१९ महामारी दक्षिण एशियामा फैलिइरहेको घडीमा महामारीको नियन्त्रण तथा प्रतिरोध कार्य ठूलो र कठिन भएको औँल्याउनुभएको छ। बंगलादेशको आवश्यकता वमोजिम चीनले सक्दो प्रयास गर्दै बंगलादेशलाई समर्थन तथा सहयोग प्रदान गर्दै जानेछ र हालै बंगलादेशलाई चिकित्सक टोली पठाउने जानकारी पनि राष्ट्राध्यक्ष सीले दिनुभएको छ। साथै बंगलादेश सरकारले त्यहाँ रहेका चिनियाँ नागरिकको लागि सहयोग प्रदान गरिरहेकोमा धन्यवाद ज्ञापन गर्दै चीनमा रहेका बंगलादेशीको प्राण सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूतिमा निरन्तरता दिँदै जाने पुष्टि गर्नुभएको छ।

चीनले बंगलादेशसँगै मिलेर महामारीको नियन्त्रण पूर्वाधारमा क्रमशः महत्वपूर्ण परियोजनाहरूको पुनः संचालन गरी महामारी गएपछि विभिन्न क्षेत्रमा हुने सहयोगको लागि राम्रो जग बसाल्ने आशा पनि सीले व्यक्त गर्नुभएको छ।

टेलिफोन वार्तामा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले महामारीको कठिन घडीमा चिनले बंगलादेशको लागि मूल्यवान समर्थन दिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। चीनसँगै मिलेर बेल्ट एण्ड रोडको संयुक्त निर्माण गर्दै आपसी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासलाई अघि बढाउँदै जाने अपेक्षा पनि प्रधानमन्त्री शेखले गर्नुभएको छ।

जानकारी तथा लेखहरु