|
|
|
|||||||||
|
||

उक्त निर्णय पत्रले स्पष्ट रोड-म्यापको तर्जुमा गरेर डब्लुएचओ र सदस्य मुलुकलाई जिम्मेवारी वितरण गरेको छ। साथै निर्णय-पत्रले सुरक्षित तथा प्रभावकारी स्वास्थ्य प्रविधिको विकासमा डब्लुएचओको केन्द्रीय भूमिकालाई जोड दिएको छ।
मे १८ तारिख आयोजित ७३औं विश्व स्वास्थ्य अधिवेशनमा विश्व महामारी विरूद्धको सहकार्यलाई अगाडि बढाउन चिनियाँ राष्ट्रनायकले चीनका पाँच कदम घोषित गर्नुका साथै विभिन्न देशसँग मानव स्वास्थ्य समुदायको साझा निर्माण गर्न आह्वान गर्नुभयो। अन्तर्राष्ट्रिय समाजबाट यसको व्यापक प्रशंसा पाएको छ।

अमेरिकी राजनीति नामक समाचार वेभसाइटका अनुसार, यद्यपि ट्रम्प सरकारले डब्लुएचओका लागि पूँजी घटाए तापनि चीनले डब्लुएचओकासँग एकिकृत पारेर महामारी विरूद्धको सहकार्यका लागि प्रयास गरेको छ।
हाल अन्तर्राष्ट्रिय समाजमा महामारी विरूद्धको सहकार्य र खोपको आपूर्ति तथा वितरणबारे चिन्ता भएको छ। चीनले कोभिड-१९ खोपको विकास तथा प्रयोग गरेपछि विश्व सार्वजनिक उत्पादन बनाउने घोषणा गरेको छ। राजनीति समाचार वेभसाइटले चीनको घोषणनको ज्यादै अर्थ रहेको टिप्पणी गरेको छ। जसबाट विभिन्न देशले समान रूपमा खोप प्राप्त गर्न चीनले प्रयास गरिहेको देखिएको छ।
ब्लूमबर्गबाट सार्वजनिक टिप्पणीका अनुसार, विभिन्न देश खोपमा संरक्षणवाद हुने चिन्ता लागेको बेलामा चीनले खोपलाई विश्व सार्वजनिक उत्पादन बनाउने बचन्बद्धता गरेको छ। यो यूरोपेली संघबाट प्रस्तुत धारणासँग समान छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||