फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष तथा म्यामारका राष्ट्रपति बीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-05-21 17:43:27

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे २० तारिख बेलुकी म्यामारका राष्ट्रपति विन मिन्टसँग टेलिफोन वार्ता गर्नुभएको छ।

टेलिफोनमा राष्ट्राध्यक्ष सीले म्यान्मार लगायत अन्तर्राष्ट्रिय समाजसँगै मिलर विश्व स्वास्थ्य संगठनको नेतृत्वदायी भूमिकाको समर्थन गर्दै जाने इच्छा चीनले लिएको जनाउनुभएको छ। साथै अन्तर्राष्ट्रिय न्याय तथा निष्पक्षता एवं अन्तर्राष्ट्रिय सम्बन्धको दिशानिर्देशनको दृढ संरक्षण गर्दै विश्वव्यापी सार्वजनिक स्वास्थ्य संरक्षण लडाईमा संयुक्त बिजय प्राप्त गर्ने अपेक्षा पनि चीनले लिएको बताउनुभयो।

चालु वर्ष चीन-म्यान्मार दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव हो। राष्ट्राध्यक्ष सीले आपसी सहयोगलाई घनिष्ट पार्दै आर्थिक कोरिडर परियोजनामा सक्रिय प्रगति हासिल गर्ने आशा पनि प्रकट गर्नुभएको छ।

टेलिफोनमा म्यामारका राष्ट्रपति विन मिन्टले महामारी प्रतिरोधमा चीनले म्यान्मार लगायतका मुलुकहरूलाई प्रदान गरेको समर्थन तथा सहयोगको लागि धन्यवाद दिँदै चीनसँग मिलेर आपसी चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझै विकसित पार्दै जाने इच्छा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु