फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञबाट सार्वजनिक रूपमा मृतकको संख्या परिवर्तन

(GMT+08:00) 2020-05-22 20:20:33

अमेरिकी राजनीतिक समाचार वेभसाइट द डेली बिस्ट्को जानकारी अनुसार, अमेरिकी नेतागण र ह्वाइट हाउसअन्तर्गत महामारी सामना टोलीले अमेरिकी रोग नियन्त्रण केन्द्र र विभिन्न राज्यमाथि दवाव दिँदै कोभिड-१९ बाट मृतकको गुणना तरिकामा परिवर्तन गर्न लगाइरहेका छन्। ह्वाइटहाउसको दवावमा अमेरिकाका धेरै राज्यमा महामारीबाट मृतकको संख्या असत्य रूपमा घटेको छ।

महा चुनाव आउँदा झन् झन् बढ्दै महामारीबाट संक्रमित बिरामी तथा मृतकको संख्याका सामु केही अमेरिकी राजनीतिज्ञले चिकित्सा पक्षको सुझाव नसुन्ने मात्र होइन अझ गम्भीर रूपमा व्यावसायिक आवाजलाई दवाव दिँदै आएका छन् र मृतकको अंकमा परिवर्तन गरेका छन्। यस्तो तथ्याङ्क भ्रमपूर्ण र असत्य छ।

राजनीतिलाई विज्ञानभन्दा माथि राखिएको छ र बौद्धिकताभन्दा प्रतिबौद्धिकतालाई अझ बलियो बनाइएको छ। यस्तो पृष्ठभूमिमा अमेरिकामा धेरै वैज्ञानिक अनुसन्धानकर्तालाई सरकारदले प्रहार गर्दै आएको छन्। त्यसका साथै ह्वाइट हाउसले अर्थतन्त्रको पुनःसुरू गर्ने अठोट अझ सुदृढ भएको देखिन्छ। कोलम्बिया विश्वविद्यालयका जीवविज्ञान एवं सार्वजनिक स्वास्थ्य विशेषज्ञ लुकी ट्रानले भन्नुभयो- राजनीतिज्ञले वैज्ञानिकको समीक्षा गर्नुका साथ अंकको नियन्त्रण गर्दा हामी अरू मान्छेहरू दुःखी र पिडित भएका छौँ।

जानकारी तथा लेखहरु