|
|
|
|||||||||
|
||

हाल अमेरिकी राजनीतिज्ञको उक्सावटमा अमेरिकी समाजमा जातिवादको वृद्धि हुँदै गएको छ। महामारी फैलिएदेखि केही अमेरिकी राजनीतिज्ञले आफ्रनो असफलता लुकाउनका लागि सक्रिय रूपमा जातिवाद उक्साएका छन्। उनीहरूले चीनमाथि हिलो छ्याप्तै राजनीतिक लाभ लिने दाउमा अरूमाथि दोष लगाउने धेरै कार्य गरेका छन्।

इतिहासको दृष्टिकोणबाट केर्दा अमेरिका आप्रवासी देश हो। संक्रकित रोगको दोष आप्रवासी र अल्पसंख्यक जातिमाथि लगाउने इतिहास छ। कोलम्बिया विश्वविद्यालयमा सामाजिक चिकित्साका सहयोगी प्रोफेसर मेर्लिन चौकवानयुनले अमेरिकी राष्ट्रिय ब्रोडकास्टिङ कम्पनीसँग अन्तर्वार्ता दिँदै भन्नुभयो- हैजा फैलिएको बेलामा आयरिशम्यानलाई दोष लगाइएको थियो, पोलियोमाइलाईटिस फैलिएको बेलामा इटलीलाई दोष लगाएको थियो, क्षयरोग र चेचक फैलिएको बेलामा चीन, जापान र मेक्सिकोलाई दोष लगाइयो। एडस् फैलिएको बेलामा हाईटियनलाई अमेरिकामा प्रवेश रोक गरिएको थियो।
अमेरिकी राजनीतिज्ञको उक्साहटमा एसियाली, अफ्रिकी, ल्याटिन अमेरिकी लगायत अमेरिकीहरूले दोहोरो दुःख पाएका छन्। साथै एसियाली, अफ्रिकी आदिलाई जातिवाद र घृणाको सिकार बनाइएको छ।

दीर्घकालबाट हेर्दा अमेरिकी राजनीतिज्ञले जातिवादको उक्साहट कार्यले अमेरिकाको राष्ट्रिय लाभमाथि क्षति पुर्याउनेछ। महामारीमा जात तथा सीमाना छैन। एकता र दयालु रूपमा आपसी सहअस्तित्वले मात्रै भाइरसलाई जित्न सकिन्छ। जातिवादी भनाइले अमेरिकी समाजको द्वन्द्व र पृथकतालाई गम्भीर पार्दैछ। यदि अमेरिकी राजनीतिज्ञले निरन्तर रूपमा जातीय घृणा उक्साहट काम गरेमा त्यसको नजिताको जिम्मेवारी वहन गर्नुपर्छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||