फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 एनपीसीका प्रतिनिधि र सीपीपीसीसीका सदस्यबीचको भिन्नता

(GMT+08:00) 2020-05-24 22:12:46

काँग्रेसका प्रतिनिधिहरू विभिन्न प्रान्त, स्वायत्त प्रदेश तथा नगरपालिकाबाट सामेल भएका छन्। परामर्शदात्री सम्मेलनका सदस्यहरू विभिन्न पार्टी, जनसमूह, विभिन्न जाति र क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। उदाहरणका लागि जन समूहमा चीन प्रजातान्त्रिक महिला संघ, इस्लामिक संघ, बुद्ध संघ आदि छन्। विभिन्न क्षेत्रमा शिक्षा, सँस्कृति तथा कला, चिकित्सा, खेलकुद लगायत छन्।

दुईटा अधिवेशनको अवधिमा राष्ट्रिय नेतागणले छुट्टा-छट्टै रूपमा विभिन्न प्रतिनिधि मण्डल र सदस्य मण्डलको बैठकमा सहभागी हुने चलन छ। जसबाट विभिन्न प्रान्तीय प्रतिनिधि मण्डलमा राष्ट्रिय नेतागणले प्रत्यक्ष रूपमा ठोस जानकारी पाउनुका साथै विभिन्न क्षेत्रका सदस्यबाट उक्त क्षेत्रसम्बन्धी अझ व्यावसायिक विचार तथा सुझाव पाउनसक्नुहुन्छ।


जानकारी तथा लेखहरु