फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्र मन्त्रालयद्वारा शिन्जो आबेको महामारी सम्बन्धी गलत भनाईको खण्डन

(GMT+08:00) 2020-05-26 18:17:49
हाल जापानी प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोना महामारी सम्बन्धी गलत धारणा व्यक्त गर्नुभएको छ। त्यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले २६ तारिख राजनीतिक नियन्त्रणले वैज्ञानिक जाँचबुझमाथि दबाव नदिएर एकतावद्ध भएर सहयोग गर्नु नै मानव जातिले महामारीलाई जित्ने सबैभन्दा सशक्त हतियार हो भन्ने कुरा औँल्याउनुभयो।

नयाँ कोरोना भाइरसको उद्गम स्थल भन्ने विषय एक गम्भीर वैज्ञानिक समस्या भएकाले तथ्य र विज्ञानको आधारमा रहेर वैज्ञानिक र चिकित्सा विशेषज्ञले त्यसको अनुसन्धान गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

चीनले दृढताका साथ भाइरसको उद्गमस्थल भन्ने समस्यालाई राजनीतिकरण र बदनामीकरण गर्ने कारवाईको कडा विरोध गरेको बताउँदै प्रवक्ता चाउले जुन कारवाई चीन र जापान दुई देश लगायत समस्त अन्तर्राष्ट्रिय समाजले संयुक्त रुपमा महामारीको प्रतिरोध गर्ने प्रयास र साझा प्रतिक्षासँग विपरीत भएको कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु