फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नयाँ कोरोना भाइरसलाई लुकाएको छ कि? अमेरिकी सञ्चार-माध्यमद्वारा लेखमार्फत भ्रमको खण्डन

(GMT+08:00) 2020-05-27 16:34:27

हाल केही अमेरिकी राजनीतिज्ञले निरन्तर रुपमा चीनले नयाँ कोरोना भाइरसलाई लुकाएकाले त्यो भाइरस पूरै विश्वमा फैलिएकोप्रति जिम्मेवारी लिनुपर्ने अड्डी कस्दै आएका छन्। यस्तो अवस्थामा केही अमेरिकी सञ्चार-माध्यमले बेग्ला बेग्लै रूपमा लेख प्रकाशित गर्दै त्यस्तो नक्कली भनाईलाई ठाडै अस्वीकार गरेका छन्।

अमेरिकी "राष्ट्रिय हित" शीर्षकको पत्रिकाको वेभसाइटले २४ तारिख एउटा लेख प्रकाशित गर्दै चीनले महामारीको सामना गर्न चालेको कदम प्राय:जसो मुलुकभन्दा अझ प्रभावकारी रहेको छ। चीनका विभिन्न शहर बीचको आवत-जावतलाई विच्छेद गरिएको छ, सर्वसाधारणले मास्क लगाउने गरेका छन् र देशमा जाँचबुझ र 'ट्रयाकिङ' गर्ने प्रभावकारी व्यवस्थाको स्थापना गरिएको छ।

उक्त लेखमा भनिएको छ: तथाकथित भाइरसलाई लुकाउने भन्ने कुरा वास्तवमा केही पश्चिमा राजनीतिज्ञ र चीनप्रति शत्रुतापूर्ण भावना भएका मुलुकले आफ्ना सर्वसाधारणसमक्ष आफ्नो व्याख्या गर्न र चीनमाथि दबावको निहुँ खोज्नका लागि मात्रै हो।

यसका अतिरिक्त अन्य अमेरिकी सञ्चार-माध्यमले अमेरिका र यूरोपेली मुलुकमा संक्रमितको संख्या तथ्यभन्दा थोरै प्रतिवेदन गर्नेजस्ता समस्या मौजुद रहेको पुष्टी गरेका छन्।

जानकारी तथा लेखहरु