फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङको दुई अधिवेशनको सम्बोधनबाट जनतालाई प्राथमिकतामा राखिने भावना

(GMT+08:00) 2020-05-27 19:45:57

"चिनियाँ कम्युनिष्ट पार्टीको जग र रगत जनतामै हुनुपर्छ।" "जनता केन्द्र केन्द्रित विकासको विचारधारालाई कायम राख्नुपर्छ।" यस वर्ष चीनको दुई अधिवेशन अवधिमा राष्ट्राध्यक्ष सी चिनफिङले विभिन्न प्रतिनिधि मण्डल समक्ष गएर जन काँग्रेसका प्रतिनिधि र जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यसँग कुराकानी गर्दै धेरैपटक गरी जनतालाई प्राथमिकतामा राख्ने विषयबारे चर्चा गर्नुभएको थियो। उहाँको सम्बोधनबाट जनता केन्द्रित चीनका सर्वोच्च नेताको गहिरो भावना प्रतिबिम्बित गरिएको छ। जनतालाई प्राथमिकतामा राख्नु नै यस वर्ष चीनको दुई अधिवेशनको सभास्थलमै निकै तत्तातो शब्द बनिसकेको छ।

यस वर्ष निकै असामान्य देखिएको छ। वर्षको शुरुवातदेखि नयाँ चीनका लागि स्थापना गरिएयता सबैभन्दा द्रुत गतिले सरेको, सबैभन्दा ठूलो परिधिमा फैलावट भएको र प्रतिरोध र नियन्त्रण गर्न सबैभन्दा अप्ठ्यारो भएको सार्वजनिक स्वास्थ्य घटना देखिएको छ। तैपनि चीनका विभिन्न तहले एकतावद्ध भएर सक्दो प्रयास मार्फत् करिब तीन महिनाको अवधिमा रोग निवारण र नियन्त्रणको महत्वपूर्ण रणनीतिक उपलब्धि प्राप्त गरिसकेको छ। दुई अधिवेशन अवधिमा रोग निवारण र नियन्त्रण तथा आर्थिक विकास नै सबैभन्दा ध्यानाकर्षणको विषय बनेको देखिन्छ।

हुपै प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुँदै राष्ट्राध्यक्ष सीले हाल हुपै सामु देखा परेको जरुरी कार्यभार के छ भने भ्याएसम्म रोग निवारण र नियन्त्रण तथा आर्थिक र सामाजिक विकास कार्यलाई मिलाउनुपर्ने कुरामा जोड दिनुभएको थियो।

चीनले रोग निवारण र नियन्त्रणमा महत्वपूर्ण रणनीतिक उपलब्धि प्राप्त गरेको अवस्थामा राष्ट्राध्यक्ष सीले स्थिर रुपमा उत्पादन, कारोबार, बजार र विद्यालयको पुन:शुरु गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। 'हामी इतिहासको सही पाटोमा उभिनुपर्छ' उहाँले यसरी भन्नुभयो। उहाँको यस्तो बुद्धिमत्तापूर्ण भनाईबाट सारा विश्वको आर्थिक वृद्धि र मानव जातीय भाग्य एकरुपताको निर्माण सम्बन्धी ठूलो मुलुकका नेताको दृढ अठोट पनि प्रष्ट गरिएको छ।

यस वर्ष चीनको १३ औँ पञ्चवर्षिय योजना पूरा हुने अन्तिम वर्ष हो। चीनले सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्नु र गरिबी निवारण ती दुईवटा ऐतिहासिक विकास लक्ष्यलाई साकार तुल्याउनेछ। आर्थिक क्षेत्रको संयुक्त मण्डललाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले जनता विशेषत: किसानहरूलाई सहायता दिने कुरामा भावनापूर्वक जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु