फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थिर चिनियाँ अर्थतन्त्रले विश्व अर्थतन्त्रलाई सशक्त बनाउने

(GMT+08:00) 2020-05-29 09:59:08

चिनियाँ राष्ट्रिय जन काँग्रेसको बार्षिक सम्मेलन मै २८ तारिख सम्पन्न भएको छ। सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री ली ख छ्याङले दुई घण्टामा ११ वटा प्रश्नको जवाफ दिनुभएको छ। पत्रकार सम्मेलनमा चीनको आर्थिक विकास, खुला सहयोग आदि विषयमा केन्द्रित रहेर वर्षभरिको आर्थिक विकास उद्देश्यलाई साकार तुल्याउन चीन विश्वस्त रहेको देखाउनुका साथै चीनको सत्तारुढ पार्टी र चिनियाँ सरकारले विश्व आर्थिक पुनरुत्थानका लागि गरेको योगदान पनि प्रधानमन्त्री लीको जवाफमा स्पष्ट देखिन्छ।

धेरै वर्षयता चीनको विश्व आर्थिक विकासको योगदान दर ३० प्रतिशत बराबर छ र कोभिड १९को आघातमा पनि चीनको अर्थतन्त्रले स्थिरतालाई कायम राखेकोले विश्व अर्थतन्त्रलाई सशक्त बनाएको छ। उक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री लीले चीनले ढोका बन्द गरेर विकास नगर्ने, दृढताका साथ खुलापन र सुधार गर्दै जाने, र विश्वसँग सहयोगलाई अझ विस्तृत पार्दैजाने कुरामा जोड दिनुभएको छ।

हाल अन्तर्राष्ट्रिय समाजसमक्ष दुई वटा चुनौती रहेकोले कोभिड १९ विरुद्ध सफलता हासिल गर्न र आर्थिक विकास सफल पार्न आपसी सहयोग आवश्यक छ। यस वर्ष चीनले क्षेत्रीय सम्पूर्ण आर्थिक साझेदारी सम्बन्ध सन्धिको हस्ताक्षरलाई अघि बढाउने, चीन जापान दक्षिण कोरिया स्वतन्त्र व्यापार क्षेत्रको निर्माणलाई प्रबर्द्धन गर्ने, विभिन्न सहयोग साझेदारीतर्फ चीनले सक्रिय सहयोगात्मक इच्छा व्यक्त गरेको छ। व्यापार र लगानीको स्वतन्त्रताकरण र सुविधाकरणलाई अघि बढाउने, कोभिड १९को महामारीको अवस्थामा पनि विश्वमा काम र उत्पादन पुनः शुरु गराउन सहयोग गर्ने तथा विश्व अर्थतन्त्रलाई कठिनाइबाट जोगाउँदै सशक्त बनाउने छ।

जानकारी तथा लेखहरु