फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङका विभिन्न क्षेत्रद्वारा राष्ट्रिय जन काँग्रेसमा हङकङ सम्बन्धी निर्णय-प्रस्ताव पारित भएकोमा समर्थन

(GMT+08:00) 2020-05-30 17:28:40
हिजो मेइ २९ तारिख हङकङको एउटा सडकमा "राष्ट्रिय सुरक्षा सम्बन्धी विधायिकाको समर्थन गरौं, हङकङ स्वतन्त्राको प्रतिरोध गरौं, मुलुक पृथकीकरणको प्रतिकार गरौं, हिंसात्मक तथा आतंककारी गतिविधिको अन्त्य गरौं, आन्तरिक मामिलामाथिको हस्तक्षेप रोकौं" लेखिएको झण्डा फहराइएको थियो।

मेइ २८ तारिख दिउँसो अधिवेशनले बहुमतबाट "हङकङ विशेष प्रशासनिक क्षेत्रमा राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने कानूनी व्यवस्था र त्यसको अवलम्बन गर्ने व्यवस्थाको स्थापना र त्यसलाई पूर्णता दिने निर्णय-प्रस्ताव" पारित गरेको छ। व्यापक हङकङबासीहरुले यो खबर पाएपछि राष्ट्रिय जन काँग्रेसको निर्णयको समर्थन गरेका छन्।

हङकङवासी छन् शु यीले मुलुक शक्तिशाली हुनसक्ने आशा व्यक्त गर्दै विदेशी शक्तिले हङकङकमाथि हस्तक्षेप गर्न नहुने बताइन्।

हङकङको न्याय विभागकी प्रमुख चङ रो ह्वाले राष्ट्रिय जन काँग्रेसको निर्णय हङकङको आधारभूत ऐन तथा मुलुकको संविधान अनुकूल रहेको भन्दै "एक देश दुई व्यवस्था"बाट हङकङमा दीर्घकालीन अवधिसम्म शान्ति तथा स्थिरता हुनसक्ने विचार व्यक्त गर्नुभयो।

हङकङ विशेष प्रशासनिक क्षेत्रको प्रहरी कार्यालयका प्रमुख तङ पिङ छ्याङले विधायिकापछि हङकङको स्थिर वातावरण हुने साथै हङकङप्रति लगानीकर्ताहरुको विश्वास पनि बढ्ने धारणा प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु