फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीद्वारा "सरकारी कार्य प्रतिवेदन"मा तोकिएका महत्वपूर्ण कार्यको विभाजन

(GMT+08:00) 2020-05-30 17:29:10
प्रधानमन्त्री ली ख छ्याङले हिजो मेइ २९ तारिख राज्य परिषदको कार्यकारी बैठकको अध्यक्षता गर्नुभयो। सो कार्यकारी बैठकमा "सरकारी कार्य प्रतिवेदन"मा तोकिएको महत्वपूर्ण कार्यको विभाजन निश्चित भएको साथै चालू वर्षको आर्थिक तथा सामाजिक विकासको लक्ष्यलाई साकार तुल्याउन सम्बन्धित नीतिलाई व्यवहारमा उतार्नुपर्ने आदेश दिइएको छ।

सो कार्यकारी बैठकका अनुसार, भर्खरै सम्पन्न तेह्रौं राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनमा पारित "सरकारी कार्य प्रतिवेदन"मा चालू वर्षमा आर्थिक तथा सामाजिक विकासको लक्ष्य तथा महत्वपूर्ण कार्य अभिव्यक्त गरिएको छ। जसलाई अक्षरसः पालना गरिनुपर्छ। बैठकले "सरकारी कार्य प्रतिवेदन"मा उठाइएका ४५ क्षेत्रका ५१ महत्वपूर्ण जिम्मेवारी राज्य परिषदका सम्बन्धित विभागहरुमा विभाजन गरेको छ।

सो बैठकले विभिन्न स्तरीय सरकारले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषदको निर्धारण अनुसार, महामारीको प्रतिरोधका साथै आर्थिक तथा सामाजिक विकास गर्नुपर्ने, "६ स्थिरता र ६ संरक्षण"कार्य राम्रोसँग गर्नुपर्ने कुरामा जोड दिएको छ। यसका साथै बैठकले सुधार तथा खुलापनलाई अघि बढाउन भ्याएसम्म प्रयास गर्नुपर्ने कुरामा जोड दिएको छ।

सो बैठकले वर्तमान परिस्थितिको जटिलता तथा गम्भिरताको पूर्ण रुपमा मूल्याँकन गर्नुपर्ने, विश्वको महामारी स्थिति र आर्थिक स्थितिमा देखा पर्ने नयाँ परिवर्तनको अनुगमन गर्नुपर्ने, चालू वर्षमा आर्थिक तथा सामाजिक विकासको लक्ष्यलाई साकार तुल्याउनुपर्ने आदेश पनि दिइएको छ।

जानकारी तथा लेखहरु