फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा रहेका चिनियाँ र नेपालीहरुलाई कोभिड–१९को विषयमा चिनियाँ विशेषज्ञद्वारा अनलाईनमा परामर्श

(GMT+08:00) 2020-05-30 20:41:09

चिनियाँ चिकित्सकहरुसँग कोभिड—१९ महामारीका विषयमा आज शनिबार अपराह्न अनलाईनमा आयोजित भर्चुअल छलफल तथा परामर्शको कार्यक्रममा नेपालमा रहेका चिनियाँ तथा नेपालीहरुले सक्रियतापूर्वक सहभागिता जनाएका छन् ।

करिब साढे दुई घण्टा लामो कार्यक्रममा चीनको उहान अस्पतालकी प्राध्यापक डाक्टर हु पो तथा चीनको विज्ञान प्रतिष्ठानका प्राध्यापक चु चे हुँले कोभिड—१९को महामारीबाट चीनले प्राप्त अनुभवहरुको आदानप्रदान गर्दै त्यसबाट सुरक्षित रहन तथा महामारीको अवधिमा हुनसक्ने मानसिक स्वास्थ्य समस्या एवम् समाधानको बारेमा जानकारी दिनुभएको थियो ।

गरिवी निवारणका लागि चिनियाँ कोशको नेपालस्थित कार्यालय, नेपालमा क्रियाशिल प्रवासी चिनियाँ संघ तथा चिनियाँ मूलका विदेशीहरुको समूहले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा करिब २ सय जनाको सहभागिता रहेको थियो ।

नेपालस्थित रे मिडिया ग्रुप तथा साइनो नेपाल मिडिया सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सहभागी तथा विशेषज्ञ टोलीबीच प्रश्नोत्तरको कार्यक्रमसमेत राखिएको थियो ।

जानकारी तथा लेखहरु