फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र फ्रान्सका राष्ट्रपतिबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-06-06 16:23:07

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन ५ तारिख राति फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनसँग टेलिफोन वार्ता गर्नुभयो।

सो अवसरमा राष्ट्राध्यक्ष सीले नयाँ कोरोना भाइरस सुरु भएदेखि चीन र फ्रान्सले उच्चस्तरको रणनीतिक समन्वय कायम राखेको बताउनुभयो। हालै विश्वव्यापी महामारीको फैलावट अझै प्रभावकारी रूपमा नसमेटिएको भन्दै महामारीको समयमा, एकता र सहयोग सही तरिका रहेको कुरामा जोड दिनुभयो। चीन र फ्रान्सले सहयोग जारी राख्दै सुदृढ रुपमा महामारीको विरुद्धमा दुवै मुलुकको योगदान दिनुपर्ने कुरा राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो। उहाँले दुई देशहरूबीचको सम्बन्धको स्वस्थ र स्थिर विकासको प्रबर्द्धन गर्ने इच्छा रहेको पनि बताउनुभयो। महामारीपश्चात आर्थिक सुधारका लागि समष्टिगत आर्थिक नीतिहरूको समन्वयलाई सुदृढीकरण गर्न आवश्यक रहेको भन्दै परम्परागत क्षेत्रमा सहयोगको सम्भावनालाई मात्र प्रगाढ नबनाउने बरु उदीयमान क्षेत्रमा सहयोग विस्तार गर्न पनि आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो। चीन र युरोप व्यापक साझा चासोको साथ चौतर्फी रणनीतिक साझेदार हुन् भन्दै चीनले युरोपका साथ रणनीतिक सहयोगलाई मजबुत बनाउन इच्छा राखेको राष्ट्राध्यक्ष सीले बताउनुभयो।

फ्रान्सका राष्ट्रपति माक्रोनले फ्रान्स र चीनले प्रति-महामारीको क्षेत्रमा राम्रा सहयोगी रहेको बताउनुभयो। उहाँले फ्रान्स र चीनले सँग-सँगै विश्व स्वास्थ्य संगठन सम्मेलनको सहमतिलाई कार्यान्वयन गर्न र विश्व स्वास्थ्य संगठनलाई महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्ने कुरामा एक ठाउँ उभिएको बताउँदै विश्व स्वास्थ्य संगठनसँगको सहयोगलाई अझ बढाउने र अफ्रिकी देशहरूमा प्रति-महामारीको लागि समर्थन बढाउने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु