फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा "कोरोना भाइरस बिरूद्ध चीनको कार्य प्रगति" श्वेतपत्र सार्वजनिक

(GMT+08:00) 2020-06-07 15:17:13

चिनियाँ राज्य परिषद प्रेस कार्यालयले जुन ७ तारिख "कोरोना भाइरस बिरूद्ध चीनको कार्य प्रगति" श्वेतपत्र सार्वजनिक गरेको छ। श्वेतपत्रमा वास्तवमा महामारीका बिरूद्ध चीनको लडाईको कठिनाई विवरण समेटिएको छ। श्वेतपत्रमा सबै देशलाई मानवभाग्य समुदायको अवधारणालाई समर्थन गर्न, महामारीलाई पार गर्न मिलेर काम गर्न र संयुक्त रुपमा मानव स्वास्थ्य समुदाय निर्माण गर्न आह्वान गरिएको छ।

श्वेतपत्रले महामारीपछि चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले ठूलो महत्व दिएर तुरुन्तै कदम चालेको भन्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले निर्देशन गर्नु भए अनुसार काम भएको जनाएको छ। राष्ट्राध्यक्ष सीले जनताको जीवन र स्वास्थ्यलाई पहिलो स्थानमा राख्न जोड दिनुभएको छ।

चीनले सबैभन्दा व्यापक, कडा र पूर्ण रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाएको उल्लेख गर्दै प्रत्येक संक्रमित व्यक्तिलाई नछोडिकन हरेक बिरामीलाई ख्याल गरिएको श्वेतपत्रले जनाएको छ।

चीनले ठूलो मूल्य चुकाउनु परेको छ र शुरुमा महामारीको फैलावट रोक्नका लागि एक महिनाभन्दा बढी समय लागेको विवरण राख्दै श्वेतपत्रले करीव तीन महिना समयमा वुहान र हुपेई युद्धमा निर्णायक परिणामहरू प्राप्त गरेर महामारी रोकथाम र नियन्त्रण युद्धमा प्रमुख रणनीतिक परिणामहरू प्राप्त भएको कुरालाइ श्वेतपत्रले महत्व दिएको छ।

चीनले मानव भाग्य समुदायको अवधारणालाई सँधै समर्थन गरिरहेको र ठूलो देशको जिम्मेवारी वहन गर्दै अन्य देशहरूसँग-सँगै लडिरहेको श्वेतपत्रमा उल्लेख छ। कानुन, खुलापन, पारदर्शिता र जिम्मेवार व्यवहारका साथ चीनले तुरुन्त अन्तर्राष्ट्रिय समुदायलाई महामारीको बारेमा जानकारी गराएको र यसको रोकथाम, नियन्त्रण र उपचारको अनुभव सबै देशहरूसँग बाँढेको छ। एकता र सहकार्य महामारीलाई पार गर्न अन्तर्राष्ट्रिय समुदायको लागि सबभन्दा शक्तिशाली हतियार रहेको भन्दै सबै देशहरूले मानव स्वास्थ्य समुदाय निर्माण गर्न सँगै मिलेर काम गर्नुपर्ने कुरालाई श्वेतपत्रले प्राथमिकतामा राखेको छ।

जानकारी तथा लेखहरु