फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा कोरोना संक्रमितको निको भएको दर ९४.३ प्रतिशत

(GMT+08:00) 2020-06-07 16:16:20

चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले जुन सात तारिख नव कोरोना भाइरस विरूद्ध चीनको कार्य प्रगति शीर्षकमा श्वेत पत्र प्रकाशित गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभागका उप-प्रमुख एवं राज्य परिषदको प्रेस कार्यालयका प्रमुख स्यु लिङले प्रकाशित समारोहलाई सम्बोधन गर्दै चीनले महामारी विरूद्ध लडाइँमा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँले भन्नुभयो चीनले सबै उपाय प्रयोग गरेर सकेसम्म संक्रमिकको उपचार गरेको र साथै प्रभावकारी निर्देशन प्रणालीको स्थापना गरी कुनै संक्रमिकलाई पनि छोडेको छैन। सन् २०२० को मे ३१ तारिखसम्म चीनमा कोरोना भाइरस संक्रमितको निको भएको दर ९४.३ प्रतिशत पुगेको पनि प्रमुख स्यु लिङले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु