फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको महामारी विरुद्ध लडाईद्वारा चीनको शासन क्षमता र समग्र राष्ट्रिय शक्ति प्रदर्शन

(GMT+08:00) 2020-06-07 16:22:06

चिनियाँ राज्य परिषद प्रेस कार्यालयले जुन सात तारिख "नयाँ कोरोना भाइरस विरुद्ध चीनको कार्य प्रगति" श्वेतपत्र प्रकाशित गरेको छ। चिनियाँ प्रचार-प्रसार उप मन्त्री एवं राज्य परिषद प्रेस कार्यालयका प्रमुख स्यु लिनले चीनको महामारी विरुद्ध लडाईले चीनको शासन क्षमता र समग्र राष्ट्रिय शक्ति प्रदर्शन गरेको बताउनुभयो।

उहाँले महामारी भएदेखि देशभरमा आपतकालीन कार्यहरू पूर्णरूपले हुपेई प्रान्त र वुहान शहरलाई समर्थन गर्न महामारीको प्रतिरोधमा लिएको बताउनुभयो। उहाँले हुपेईलाई सहयोग गर्न सैन्य र स्थानीय सरकारले ३४६ वटा राष्ट्रिय चिकित्सा टोली, ४६ हजार ६ सय स्वास्थ्यकर्मीहरु र ९६० भन्दा बढी सार्वजनिक विशेषज्ञ चिकित्सकहरु परिचालन गरेको जानकारी दिनुभयो। उहाँले चिकित्सा सामग्रीको उत्पादन र आपूर्तिलाई सशक्त बनाउन मेडिकल कम्पनीहरूले आफ्नो क्षमताको पूर्ण उपयोग गरेको र उत्पादन क्षमताको विस्तार गरेको औँल्याउनुभयो।

जानकारी तथा लेखहरु