फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ चिकित्सकले ब्राजिलका चिकित्सकसँग महामारी अनुभव बाँडे

(GMT+08:00) 2020-06-11 15:52:11

जुन ९ तारिख बेलुकी पैचिङ विश्वविद्यालयको मातहत तेस्रो अस्पतालका चिकित्सकहरू र ब्राजिलका चिकित्सकहरुले सीजीटीएनद्वारा आयोजना गरिएको "विश्व महामारीको परामर्श कक्ष"को इन्टर्नेट प्रत्यक्ष प्रसारण कार्यक्रममा भाग लिएका छन्। चिनियाँ चिकित्सकहरूले भिडियो सम्मेलनमार्फत कोरोना भाइरस संक्रमितको उपचार अनुभव बाँडेका छन्।

पैचिङ विश्वविद्यालयको मातहत तेस्रो अस्पतालका निर्देशक एवम् हुपैलाई सहायता दिने पैचिङ विश्वविद्यालयको राष्ट्रिय चिकित्सा टोलीका प्रमुख छ्याउ चेले तेस्रो अस्पतालले चार सय जना चिकित्सकलाई वुहानको महामारीको प्रतिरोधका लागि खटाएको र सोअस्पतालका चिकित्सकहरूले वुहानमा सत्तरी दिनभन्दा बढी समय काम गरेको बताउनुभयो। साथै उहाँले महामारीको नियन्त्रण तथा जाँचबुझ, बिरामीको जाँचबुझ तथा उपचारको अनुभव प्राप्त गरेको कुरा बताउनुभयो। छ्याउले ती अनुभवलाई विश्वको विभिन्न मुलुकका चिकित्सकसँग बाँड्नुलाई दायित्वको रूपमा लिएको बताउनुभयो।

ब्राजिलको अमेरिका चिकित्सा समूहको आईसीयू चिकित्सा व्यवस्थापन विभागका प्रमुख भिक्टर क्रेभोले महामारी सामना गर्ने क्रममा ब्राजिलको सरकारी अस्पतालमा गम्भीर बिरामीको मृत्यु दर ७० प्रतिशतभन्दा बढी पुगेको र निजी अस्पतालमा मृत्यु दर ५६ प्रतिशत पुगेको व्यक्त गर्नुका साथै चीनको व्यवस्थापन अनुभव सिक्ने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु