फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुद्रा बजार नै पैचिङमा महामारी फैलिएको ठाउँ

(GMT+08:00) 2020-06-14 16:49:51

चीन राष्ट्रिय स्वास्थ्य परिषदले जनाए अनुसार, जुन १३ तारिख चीनमा थप कोभिड-१९ संक्रमितको संख्या ५७ थियो जसमा विदेशबाट भित्रिएका १९ जना र पैचिङमा ३६ जना। हालसम्म पैचिङमा भेटिएका ती सबै संक्रमितहरू सिन फा ती कृषि उत्पादित वस्तु खुद्रा बजारसँग सम्बन्धित भएको पत्ता लगाइएको छ।

५० दिनसम्म नयाँ संक्रमित नभएको पैचिङमा कोरोना भाइरस कहाँबाट आएको छ त? महामारी फैलिएको ठाउँ कि खुद्रा बजार हो?

भाइरसको संक्रमण भएको कारणः कम तापक्रमको वातावरण तथा मानिसको भीड।

चीन रोग रोकथाम तथा नियन्त्रण केन्द्रमा कार्यरत सरूवा रोग प्रथम विशेषज्ञ उ चुनयोले यसरी व्याख्या गरेका छनः खुद्रा बजारमा विशेष गरी समुद्री उत्पादित वस्तु फ्रिजमा राखिएकोले कम तापक्रमको वातावरणमा भाइरस लामो समयसम्म बाँच्न सक्छ र यसै क्रममा मानिसमा सार्ने सम्भावना पनि ठूलो हुन्छ। यसका अतिरिक्त, ३२ वर्षसम्म संचालित यसै कृषि उत्पादित वस्तु खुद्रा बजार एशियाको सबभन्दा ठूलो पेशागत कृषि उत्पादित वस्तु खुद्रा बजार हो र हरेक दिन प्रशस्त मानिसहरूको आवतजावत हुन्छ। तीमध्येको कुनै एक जनामा भाइरस छ भने बजारमा ल्याएर महामारीको फैलावट हुने सम्भावना छ।

खुद्रा बजारमा भेटिने भाइरसको श्रोत अझै अनिश्चित

सो बजारमा निर्यात साल्मन माछा तथा साल्मन काट्ने बोर्डमा भाइरस भेटेतापनि त्यो साल्मन श्रोत नै हो भन्ने निचोड निकाल्न सकिन्न। यसबारे प्रकाश पार्दै प्रथम विशेषज्ञ उले भनेका छनः साल्मन काट्ने बोर्डसँग सम्पर्क गरेका सबै मानिस वा वस्तु भाइरसको श्रोत हुनसक्छ। यसै कारणले छोटो समयमा प्रशस्त वस्तु बेचिने यस बजारमा श्रोत पत्ता लगाउन गाह्रो, जटिल हुन्छ र समय लाग्छ।

महामारी प्रतिरोध गर्न सकिने

चीनमा महामारी गम्भीर भएको बेला चीनले रोगको नियन्त्रण गरेको मुख्य कारण सरूवा रोग नियन्त्रणका तरीकाहरूको कडाइका साथ कार्यान्वयन नै हो। हालै केही संक्रमित देखा पर्दा महामारी देख्नेबित्तिकै समयमै पत्ता लगाइने र संचालन गरिने भएकोले त्यसलाई सबभन्दा सानो परिधिमा नियन्त्रणमा कायम राख्ने विश्वास लिएको पनि विशेषज्ञ उले औंल्याएका छन्।

हालसम्म भाइरस पूर्णरूपमा पैचिङमा फैलिएको छैन

महामारीमा पैचिङको प्रतिक्रिया एकदम तीव्र छ। यति छोटो समयमै भाइरसको श्रोत खुद्रा बजारमै हो भन्ने विश्लेषण गरिसकेको छ। यसै आधार नै हो बितेका केही महिनामा प्राप्त महामारी नियन्त्रण अनुभव विशेष गरी ठूलो डाटा भन्ने प्राविधिक तरिकाको प्रयोग हो। हालसम्म पाएको सूचनाबाट हेर्दा संक्रमितहरू खुद्रा बजारका कर्मचारी र तिनका पारिवारिक सदस्यहरू, घनिष्ट सम्पर्क र उपचार गराएका अस्पतालका स्वास्थ्यकर्मीहरू तथा एउटै समयमा अस्पतालमा उपचार पाएका बिरामीहरू। उनीहरूको पीसीआर जाँच गरिसकेको छ। हालसम्म भेटिएको भाइरस पूर्ण रूपमा पैचिङमा फैलिएको छैन र पैचिङका २ करोड जनसंख्यासामु ठूलो खतरा पनि छैन।

जानकारी तथा लेखहरु