फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ विश्वविद्यालयका उप प्राध्यापक से चङ तथा अफ्रिकाको कथा

(GMT+08:00) 2020-06-17 19:13:32

गत जुन ४ तारिख दिउँसो पैचिङ विश्वविद्यालय अन्तर्गत सार्वजनिक स्वास्थ्य प्रतिष्ठानका उपप्राध्यापक से चङको निधन भयो। ४१ वर्षीया सेले आफ्नो युवाकाल र मेहनतलाई अफ्रिकासँग सम्बन्धित सार्वजनिक स्वास्थ्य निर्माण कार्यमा सम्पूर्ण रुपमा अर्पण गर्नुभएको छ।

सार्वजनिक स्वास्थ्य क्षेत्रका एकजना विशेषज्ञको हैसियतले उपप्राध्यापक सेको नेतृत्वमा गत सन् २०१४ मा चीनको सार्वजनिक स्वास्थ्य क्षेत्रमा रहेको पहिलो विदेशी अखडाको स्थापना गरिएको थियो। गत सन् २०१७ मा उहाँको नेतृत्वमा पैचिङ विश्वविद्यालय अन्तर्गत सार्वजनिक स्वास्थ्य प्रतिष्ठान मातहतको मालावी वैज्ञानिक अनुसन्धान र तालिम केन्द्रको पनि स्थापना गरिएको थियो।

उक्त केन्द्रको स्थापना गरिएपछि पैचिङ विश्वविद्यालयले पूरै विश्वको स्वास्थ्य, महिला र शिशुको स्वास्थ्य, सरुवा रोग र स्वास्थ्य नीति आदि क्षेत्रमा मालावीका चिकित्सा प्रतिष्ठान तथा संस्थाहरूसँग सम्पूर्ण रुपमा सहयोग चलाउनुका साथै नियमित रुपमा चिकित्सा अनुसन्धान र वास्तविक अभ्यासका लागि शिक्षक र विद्यार्थीलाई तत्स्थानमा पठाउने गरेको छ।

उपप्राध्यापक से चङको कार्यको अन्तर्राष्ट्रिय चिकित्सा क्षेत्रले निकै सम्मान गरेको छ। उहाँको निधन भएको दुखित खबर सुनेपछि विश्व स्वास्थ्य संगठन अन्तर्गत पूरै विश्व मलेरिया योजना विभागका प्रमुख पेड्रो आलोङसोले समवेदना संदेश पठाउँदै उहाँले विश्व स्वास्थ्य संगठन र चीन बीचको फलदायी सहकार्यका लागि योगदान गर्नुभएकोमा प्रशंसा गर्नुभएको छ।

जानकारी तथा लेखहरु