फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङ र इक्वेडोरका राष्ट्रपति बीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-06-17 19:34:33

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन १६ तारिख राति इक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोसँग टेलिफोन वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

सो टेलिफोन वार्तामा राष्ट्राध्यक्ष सीले हाल नयाँ कोरोना महामारी इक्वेडोरमा फैलावट भइरहेको बेला आफूले चीन सरकार र चिनियाँ जनताको तर्फबाट इक्वेडोरलाई हार्दिक समवेदना प्रकट गरेको बताउनुभयो। राष्ट्रपति मोरेनोको नेतृत्वमा इक्वेडोरले छिटोभन्दा छिटो महामारीलाई जित्नुका साथै राम्रो विकास हुने बाटोमा फर्कन सक्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

हाल विश्वमा महमारी अझ फैलावट भइरहेकाले विभिन्न मुलुकले एकताबद्ध भएर एकअर्कालाई सहायता दिएर मात्र अन्तिम बिजय प्राप्त गर्नसक्ने कुरा पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।

प्रत्युत्तरमा राष्ट्रपति मोरेनोले नयाँ कोरोना महामारीको प्रतिरोधका लागि चीन सरकार र चिनियाँ जनताले इक्वेडोरलाई मूल्यवान सहायता र समर्थन गरेकाले इक्वेडोरले रोगको सामना गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु