फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा कोरोना महामारी गम्भीर बन्दै

(GMT+08:00) 2020-07-20 17:52:40

जुलाई १९ तारिख हङकङ विशेष प्रशासनिक क्षेत्रीय स्वास्थ्य व्यूरोले जानकारी दिए अनुसार, १८ तारिख हङकङमा नयाँ संक्रमित करोना रोगीको संख्या १०८ पुगेको छ जुन महामारी देखा परेयता एकै दिनमा नयाँ संक्रमितको संख्या सबभन्दा बढी भएको दिन हो। १९ तारिख हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक क्यारी ल्यामले महामारी गम्भीर भएको हङकङमा रोग नियन्त्रणका नयाँ कदमहरू चाल्ने जनाउनुभएको छ।

उहाँका अनुसार, यस पटकको करोना महामारी स्थानीय केस प्रधान अवस्थामा रहेको छ र रोगको नयाँ रोकथाम तथा नियन्त्रण कदमहरूमा जुलाई २० तारिखदेखि सरकारका सार्वजनिक सेवा विभागहरूले जरूरी तथा आवश्यक सेवा मात्रै प्रदान गर्ने जसको लागि ६० प्रतिशत निजामति कर्मचारी कायम रहिरहने छन् भने अनुशासित फौज तथा महामारी विरूद्ध क्षेत्रमा कार्यरत अधिकांश पनि काममा रहने छन्।

यसका अतिरिक्त, मास्क लगाउने, खानपान व्यवसायको नियन्त्रण सम्बन्धित कदमहरू पनि मुख्य प्रशासक क्यारीले अघि सार्नुभएको छ।

जानकारी तथा लेखहरु