फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको "नयाँ कोरोना महामारी शिथिल बनाउने योजनाको मस्यौदा"मा ८ अर्ब अमेरिकी डलर हतियारमा खर्च हुने

(GMT+08:00) 2020-07-30 17:16:43

अमेरिकी सिनेटको रिपब्लिकन पार्टीका उच्च तहका सांसद र ह्वाइट हाउस बीच जुलाई २७ तारिख छलफल भएपछि पछिल्लो चरणको "नयाँ कोरोना महामारी शिथिल बनाउने योजनाको मस्यौदा" सम्पन्न भएको छ। त्यस मस्यौदामा राष्ट्रिय प्रतिरक्षा सम्बन्धी अधिकांश व्यय हुनुका साथै अमेरिकी संघीय छानबीन ब्युरो मुख्यालयको एउटा नयाँ भवनको निर्माणका लागि छुट्याइने रकम पनि समावेश छन्। त्यसबाट अमेरिकामा निकै ठूलो विवाद आएको देखिन्छ।

उक्त मस्यौदा बमोजिम जम्मा ३० अर्ब अमेरिकी डलरलाई राष्ट्रिय प्रतिरक्षात्मक मामिलामा प्रयोग गरिने योजना रहेको छ। तीमध्ये ८ अर्ब अमेरिकी डलरलाई हतियार प्रबन्धको खरिद गरिने छ। प्रतिनिधि सभा अन्तर्गत रकम वितरण परिषद्का अध्यक्ष इटा लोवेईले "जल स्थलयुक्त युद्ध जहाजद्बारा भोक लागेका केटाकेटीलाई खुवाउनु हुँदैन" भन्ने आलोचना गर्नुभएको छ।

जानकारी तथा लेखहरु