फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"मुख्य भूमिको न्यूक्लिक एसिड परीक्षण सहायता टोली" हङ्गकङ्गतर्फ प्रस्थान

(GMT+08:00) 2020-08-02 17:32:30
 हाल हङ्गकङ्गमा नयाँ कोरोना महामारी प्रतिरोध र नियन्त्रण अवस्था निकै गम्भिर भइरहेकाले हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र सरकारको माग अनुसार केन्द्रीय समितिको मिलिजुली तैनाथ र निर्देशन बमोजिम राष्ट्रिय स्वास्थ्य आयोगले तुरुन्तै "मुख्य भूमिको न्यूक्लिक एसिड परीक्षण सहायता टोली" गठन गर्दै महामारी प्रतिरोध कार्यमा हङ्गकङ्गलाई सहायता दिनेछ।

पहिलो "मुख्य भूमिको न्यूक्लिक एसिड परीक्षण सहायता टोली"मा क्वाङ तुङ्ग प्रान्तीय स्वास्थ्य विभागले २० वटाभन्दा बढी अस्पतालबाट छनौट गरेका झण्डै ६० जना परीक्षण गर्ने प्राविधिक कर्मचारी समावेश छन्। उनीहरूमध्येका ७ जनाले "प्रथम पङ्क्ति" को हैसियतले अगष्ट २ तारिख हङ्गकङ्गतर्फ प्रस्थान गरेका छन्।

"मुख्य भूमिको न्यूक्लिक एसिड परीक्षण सहायता टोली"का प्रमुख पहिले क्वाङ तुङ प्रान्तले वुहानलाई सहायता दिने चिकित्सा टोलीका महा निर्देशक हुनुहुन्छ। केन्द्रीय सरकारले महामारी प्रतिरोध गर्न हङ्गकङ्गलाई सहायता दिनका लागि मुख्य भूमिबाट पठाएको त्यो पहिलो पेशागत टोली पनि हो।

जानकारी तथा लेखहरु