फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सँगै मिलेर सारा विश्वमा खाद्यान्नको सुचारु पारवहनको प्रत्याभूति दिनुपर्ने

(GMT+08:00) 2020-09-08 17:17:59
नयाँ कोरोना महामारीबाट ल्याइएको सारा विश्वको खाद्य सुरक्षा समस्याको सामना गर्नका लागि विभिन्न मुलुकहरूले हातमा हात मिलाएर सहयोगमार्फत विश्व खाद्यान्नको सुचारु पारवहनलाई प्रत्याभूति दिनुपर्नेछ। चिनियाँ अन्तर्राष्ट्रिय सेवा उद्योग व्यापार मेला २०२० को अवधिमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका महाप्रबन्धक छ्यु तोङ युले उक्त आह्वान गर्नुभएको हो।

चिनियाँ अन्तर्राष्ट्रिय सेवा उद्योग व्यापार मेला २०२० को अवधिमा खाद्य पदार्थको आधुनिक आपूर्ति लाईनको विकास र लगानी सम्बन्धी अन्तर्राष्ट्रिय मञ्च हिजो पैचिङमा आयोजना गरिएको छ। त्यस मञ्चलाई सम्बोधन गर्दै महाप्रबन्धक छ्यु तोङ युले नयाँ कोरोना महामारी देखा परेयता विभिन्न मुलुकले आपसमा विविध किसिमका सीमित कदम अपनाएकाले सम्भवत: समस्त खाद्य पदार्थको आपूर्ति लाईनलाई नकारात्मक असर पारेको कुरा औँल्याउनुभएको छ।

चीनले शृंखलावद्ध कदम चालेर खाद्यान्न उत्पादनलाई स्थिर पार्नुका साथै स-साना कृषि उत्पादनलाई समर्थन गर्नका लागि अनेकन् उपाय पनि प्रस्तुत गरेको जानकारी पनि महाप्रबन्धक छ्युले दिनुभएको छ।

जानकारी तथा लेखहरु