फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा युद्धविराम हुन प्रयास गरिने: चिनियाँ प्रतिनिधिको भनाइ

(GMT+08:00) 2020-09-10 17:31:19

संयुक्त राष्ट्र संघले सेप्टेम्बर ९ तारिख नयाँ कोरोना महामारीको सामना गर्ने भिडियो सम्मेलनको आयोजना गरेको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय उप प्रतिनिधि कङ श्वाङले सम्मेलनलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समाजले निरन्तर रुपमा सुरक्षा परिषद्को २५३२ नम्बरको निर्णय प्रस्तावलाई व्यवहारमा उतार्नुका साथै विश्वमा युद्धविराम हुन प्रयास गर्न र एकताबद्ध भएर सहयोगमार्फत महामारीको प्रतिरोध गर्न चार पक्षबाट प्रयास गर्दै जान आह्वान गर्नुभएको छ।

प्रतिनिधि कङका अनुसार, ती ४ पक्ष यस प्रकार छन्:

पहिलो, शत्रुतावादी गतिबिधि बन्द गर्नुका साथै स्थायी शान्ति प्रक्रियालाई अघि बढाउँदै जानेछ।

दोस्रो, प्राणलाई प्राथमिकतामा राखी मानवीय सहायतालाई बढाउँदै जानेछ।

तेस्रो, एकपक्षीय नाकाबन्दीलाई खारेज गर्दै जनताको दु:ख र बोझलाई कटौती गर्दै जानेछ।

र चौथो, युद्धविराम र महामारी प्रतिरोध दुवैमा महत्व दिँदै विकासमार्फत शान्तिलाई प्रबर्द्धन गरिँदै जानेछ।

जानकारी तथा लेखहरु