फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीलाई जित्नका लागि विज्ञान र प्रविधिमा भर पर्नुपर्ने सीको विचार

(GMT+08:00) 2020-09-13 17:24:36

 गत जुलाईमा व्यवसाथीसँगको गोष्ठीमा कुराकानी गर्नुभएको र अगष्टमा आर्थिक तथा सामाजिक क्षेत्रका विशेषज्ञसँग विचार विमर्श गर्नुभएपछि सेप्टेम्बर ११ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले वैज्ञानिक र प्राविधिकहरूसँग गोष्ठीमा वैचारिक आदान प्रदान गर्नुभएको छ। त्यस गोष्ठीमा उहाँले महामारीलाई जित्नका लागि विज्ञान र प्रविधिमा भर पर्नुका साथै चीनले अझ खुलस्त, सहिष्णु, आपसी हितयुक्त र साझा उपभोग हुने अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक सहयोगी रणनीति अपनाउँदै जाने कुरामा जोड दिनुभएको छ।

हाल चीन आगामी सन् २०२१ देखि सन् २०२५ सम्म हुने सामाजिक र आर्थिक विकासका लागि एउटा नयाँ परियोजनाको तर्जुमा भइहेको छ। हरेक चिनियाँ जनताको दैनिक जीवनसँग घनिष्ट सम्बन्ध रहेको त्यस परियोजनाको राम्ररी तर्जुमा गर्नका लागि सी चिनफिङले लगातार रुपमा उक्त तीनवटा विशेषज्ञ गोष्ठीको अध्यक्षता गर्दै आउनुभएको छ।

सेप्टेम्बर ११ तारिख आयोजित गोष्ठीमा राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक सहकार्यमा ठूलो प्रवृत्ति रहेको कुरा औँल्याउनुभएको छ। आगामी दिनमा चीनले अझ सक्रिताका साथ विश्वको सिर्जनशील सञ्जालमा संलग्न भई खुलापन र सहकार्यको क्रममा आफ्नो वैज्ञानिक र प्राविधिक सिर्जनशील क्षमतालाई उकास्दै जाने कुरा पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु