फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कालोलाई सेतो बनाउने अमेरिकी राजनीतिज्ञ पर्यवरणीय सुरक्षामा साच्चिकै धम्की

(GMT+08:00) 2020-09-26 16:39:08

हाल राष्ट्र संघीय महासभामा अमेरिकी नेताले जलवायु, समुद्रलगायत वातावरण सुरक्षामा चीनको प्रयासमाथि सार्वजनिक निन्दा गर्नुभयो। साथै उहाँले पेरिस सम्झौताबाट हट्ने विषयबारे गौरव गर्दै अमेरिका विश्व वातावरण सुरक्षाको योगदानकर्ता भएको घोषणा गर्नुभयो। यो कालोलाई सेतो बनाए जस्तो अमेरिकी राजनीतिज्ञले पर्यावरणीय सुरक्षाको साच्चिकै धम्की भएको देखाएको छ।

चीनमा पर्यावरणीय सभ्यता संविधानमा लेखिएको छ। "स्वच्छ पानी र हरिया पहाड, सुन र चाँदी हुन्" भन्ने विचार सर्वसाधारणमा प्रगाढ बनेको छ। सन् २०१८ मा चीनमा हरेक जीडीपीको कार्बन डाइअक्साइड उत्सर्जन सन् २००५ भन्दा ४५.८ प्रतिशतले घटेको छ। यसैगरी राष्ट्र संघीय महासभामा चिनियाँ सर्वोच्च नेता सी चिनफिङले सन् २०६० अघि कार्बन तटस्थ हुने लक्ष्य व्यक्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय जगतले यसप्रति स्वागत गरेको छ। जर्मनी वातावरण मन्त्रालयले सेप्टेम्बर २३ तारिख चीनबाट घोषित सन् २०६० लक्ष्यले वातावरण संरक्षणन अझ बढी मुलुकको सहभागिका लागि शक्ति थप्ने प्रकट गरेको छ।

विश्वमा सबैभन्दा बढी कुल हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकको हैसियतमा अमेरिकाले क्योटो प्रोटोकोललाई अस्वीकार गर्नुका साथै पेरिस सन्धिबाट पनि हटेको छ। जसले जलवायु परिवर्तनको सामना गर्ने अन्तर्राष्ट्रिय सहकार्यमाथि गम्भीरताका साथ भंग गरेको छ। विश्वमा ठोस फोहोर निर्यात गर्ने सबैभन्दा ठूलो देश र प्रतिव्यक्तिमा ठूलो प्लास्टिक उपभोक्ता देशको हैसियतमा अमेरिकाले वासेल कन्भेन्सनलाई अस्वीकार गर्नुका साथै धेरै फोहोर विकासोन्मुख मुलुकमा हस्तान्तरण गरेको छ। न्यूयोर्क टाइम्सका अनुसार, सन् २०१७ देखि अमेरिकी सरकारले करिब एक सय वातावरण कानुनलाई लागू गर्न छोडेको छ। जसबाट सन् २०३५ अघि अमेरिकाले थप एक अर्ब असी करोड टनको हरितगृह ग्यास निष्काशन गर्ने अनुमान छ।

के अमेरिकी राजनीतिज्ञले यो भारी ऐतिहासिक जिम्मेवार वहन गर्न सक्नछन्?

जानकारी तथा लेखहरु