फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका प्रथम नै विश्वको शान्तिका लागि अमेरिकाको धम्की

(GMT+08:00) 2020-09-26 20:34:00

केही दिनअघि आयोजित ७५औँ राष्ट्र संघीय महासभाको सामान्य वहसमा अमेरिकाका नेताले एउटा भिडियो सम्बोधन गर्नुभयो। सो सम्बोधनमा घमण्ड, पूर्वाग्रह र झुट मिसिएको थियो। विश्वमा सबैभन्दा बलियो सेना भरपर्दो हुँदा अमेरिकी नेताले एकातिर एकपक्षीय धारणा प्रचार गर्नुका साथै अर्कातिर अमेरिका शान्तिको निमार्णकर्ता रहेको भन्दै बढाइचढाइ गर्ने काम भयो। उहाँले इरानी आणविक समस्या, आतंकवादको विरोध र नेटोको सैन्य खर्चको साझेदारी आदि विषयबारे आफ्नो उपलब्धिका रुपमा प्रस्तुत गर्नुभयो। जसले अमेरिका सर्वप्रथमको प्रारूपमा रहेको स्वार्थी र दबदबा देखाएको छ।

सबैलाई थाहा छ, सन् २०१८ को मे महिनामा अमेरिकाले एकतर्फी रूपमा इरानी आणविक समस्यासम्बन्धी सम्झौताबाट बाहिरिएको थियो। तर केही समयअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सुरक्षा परिषद्समक्ष पत्र पठाएर इरानमाथि राष्ट्र संघीय नम्बर २२३१ निर्णयबाट निश्चित "चाडै नाकाबन्दी पुनःसुरू व्यवस्था"को व्यवहार गर्न अनुरोध गर्नुभयो। यो अनुरोधलाई सुरक्षा परिषदका अधिकांश सदस्यबाट विरोध गरिएको छ। यस्तो असफल अवस्थामा अमेरिका सरकारले एकतर्फी रुपमा नाकाबन्दी लगाएर फेरि एकपटक विश्वको विपक्षमा परेको छ। जसले अमेरिका विश्वको शान्ति तथा स्थिरताका लागि बाधक भएको हैसियत सार्वजनिक गरेको छ।

महासभामा अमेरिकी नेताको सम्बोधनले अमेरिका प्रथमको सार एकपक्षता र प्रभूत्ववादी भएको र केही राजनीतिज्ञले अमेरिका प्रथमलाई अमेरिकी धम्की भएको देखाएको छ। यस्तो पृष्ठभूमिमा यो राष्ट्र संघीय महासभाले अन्तर्राष्ट्रिय समाजसँग बहुपक्षीयताको सामूहिक बचनवद्धतामा दोहोर्‍याउने आह्वान गरेको छ। अमेरिका प्रथमको नाममा रहेको प्रभूत्ववादी राजनीतिक नाटकको पर्दाफास हुनुपर्छ।

जानकारी तथा लेखहरु