फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टिकटक लुट्ने "अमेरिकी डकैती" षड्यन्त्र असफल हुने

(GMT+08:00) 2020-09-27 16:31:56

विभिन्न सञ्चार माध्यमका अनुसार, हाल टिकटकको अभिभावक कम्पनी बाइट पिटाईले ओरेकल तथा वालमार्ट कम्पनीसँग सैद्धान्तिक सहमति गरेको छ। यद्यपि अमेरिकाबाटबाट सार्वजनिक सामग्रीका अनुसार, यो सन्धि स्पष्ट रुपमा "असमान सन्धि" हो र "वाणिज्य सहयोग" को ब्यानरमा वैश्चिक लुटपाट हो। सन्धि भएपछि केही अमेरिकी राजनीतिज्ञको धारणाबाट हेर्दा यो उचित प्रतिस्पर्धामा जित्न नसकेर लुट्ने गतिविधि हो। केही अमेरिकी राजनीतिज्ञ "समकालीन समुद्री डाकुहरू" जस्तै भएका छन्। चीन सरकारले यसप्रति आवश्यक सामना कदम चालेको छ। चिनियाँ कम्पनीहरूले कहिल्यै पनि उनीहरूको दमनमा आत्मसमर्पण गर्दैनन्।

वास्तवमा अमेरिकाले टिकटकमाथि प्रहार गर्ने कदमका बारेमा अन्तर्राष्ट्रिय जगत परिचित छ। गत शताब्दीको ८० को दशकमा अमेरिकाले अर्धचालक क्षेत्रमा नेतृत्व जापानी तोशिबा कम्पनीमाथि दमन गरेको थियो। केही वर्षअघि अमेरिकाले उत्पादन क्षेत्रमा प्रतिनिधि फ्रान्सेली कम्पनी आल्स्टमलाई विभाजन गरेको थियो। हाल ह्वावै, टिकटकलगायत तिनियाँ व्यवसायमाथि प्रहार गरेको छ। अमेरिकाको लक्ष्य अर्थतन्त्र र विज्ञान तथा प्रविधि क्षेत्रमा आफ्नो पूर्ण आधिपत्यलाई कायम राख्नु हो।

ध्यान दिनुपर्ने कुरा के हो भने अमेरिकी राजनीतिज्ञले टिकटकजस्ता विशिष्ट कम्पनीमाथि क्रुर दमन गर्ने विशेष क्षेत्रमा अग्रणी लाभ पाएका गैर-अमेरिकी कम्पनीमाथि लगाएको संगठित र प्रणालीगत आर्थिक बदमाशी हो। आजको संसारमा कुनै देशसँग एकाधिकारको अधिकार छैन, आफ्नै इच्छाबमोजिम प्रभुत्व तथा बदमाशी गतिविधि गर्न संभव छैन। चिनियाँ राष्ट्रिय सुरक्षा, सम्मान र सम्बन्धित कम्पनीको दीर्घकालीन विकासमलाई भंग गर्ने कुनै सम्झौतालाई चीनले कहिले पनि स्वीकार्दैन। टिकटक लुट्ने "अमेरिकी डकैती" षड्यन्त्र अवश्य नै असफल हुनेछ।

जानकारी तथा लेखहरु