फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङको दीर्घकालीन सुरक्षामा अमेरिकी दुष्प्रयास असफल

(GMT+08:00) 2020-09-27 20:44:54

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तेस्रो सिन्च्याङ कार्य गोष्ठीमा चिनियाँ सर्वोच्च नेता सी चिनफिङले सन् २०१४ दोस्रो सिन्च्याङ कार्य गोष्ठीदेखि सिन्च्याङको विकास उपलब्धि समीक्षा गर्नुका साथै सिन्च्याङको सामाजिक स्थिरता र दीर्घकालीन सुरक्षाबारे चौतर्फी आदेश दिनुभएको छ।

उहाँका अनुसार, सिन्च्याङको विकासको केन्द्र क्षेत्रीय विशेषताको प्रयोग गरी आफ्नो खुलापन र राष्ट्रिय खुलापनलाई घनिष्ट रूपमा मिलाउनु हो। यो सिन्च्याङको आगामी विकासका लागि दिशा देखाएको छ। रेशमी मार्ग आर्थिक क्षेत्रको केन्द्रीय क्षेत्रका हैसियतमा हाल सिन्च्याङमा कुल ३७०० चीन-यूरोप रेल सञ्चालन हुने गरेको छ। साथै सिन्च्याङले १७ देश, २५ अन्तर्राष्ट्रिय शहर र ८८ चिनियाँ शहरसँग उडान गरिरहेको छ। भविष्यमा सिन्च्याङको वैदेशिक खुलापन अझ बढाएर दीर्घकालीन सुरक्षा तथा विकासका लागि अझ बलियो प्रत्याभूति दिनेछ।

तर केही अमेरिकी राजनीतिज्ञले मानव अधिकार, जाति, धर्मको निहुँबाट सिन्च्याङको विकास बङ्ग्याउँदै हिलो छ्यापेको छ। सेप्टेम्बर २५ तारिख आयोजित राष्ट्र संघीय मानव अधिकार समितिको ४५ औँ बैठकको सामान्य वहसमा धेरै देशका प्रतिनिधिहरूले चीनलाई समर्थन गर्दै सम्बन्धित देशसँग सिन्च्याङ मामिलामा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप रोक्न ताकिता गरेका छन्।

जानकारी तथा लेखहरु