फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको छोकाउ गाउँ विकास र संरक्षणको सन्तुलित क्रममा

(GMT+08:00) 2020-09-30 19:48:56

छोकाउ गाउँ तिब्बतको लिन्च शहर मातहतको गोङबु च्याङता जिल्लामा अवस्थित छ। सेप्टेम्बर महिनामा छोकाउ गाउँका किसानहरूले आ-आफ्नो खेतीबाट व्यस्तसँग फसल भित्र्याइरहेका छन्।

तिब्बती सुगन्धित सुँगुर लिन्च क्षेत्रको विशेषतायुक्त उत्पादित वस्तु हो। पहाड र वनमा पालिनुका साथै वर्षभरि वनमा रहेका जैविक वनस्पति खाएका कारण ती सुँगुरको मासु निकै मीठो छ भने बजारको चाहना पनि बढी छ।

बितेका केही वर्षयता स्थानीय सरकारले जोडतोडसँग विभिन्न किसिमका गरिबी निवारण सम्बन्धी सहायता परियोजना अपनाएर किसानहरूको जीवनलाई सम्पन्न पार्दै आएको छ। तिब्बती सुगन्धित सुँगुरको पशुपालन ती सहायता परियोजनामध्येको एक पनि हो।

छोकाउ गाउँ गुङबु क्षेत्रमा तिब्बतको गुङबु भन्ने परम्परागत गाउँ बस्तीको वास्तु शैली, रीतिरिवाज, सँस्कृति र धार्मिक विश्वासलाई पूर्ण रुपमा सँरक्षित गरिएको एउटा मात्र गाउँ हो। गत सन् २०१४ मा छोकाउ गाउँलाई छैटौं चरणको चिनियाँ ऐतिहासिक साँस्कृतिक नामी गाउँ सूचिमा समावेश गरिएको थियो।

जानकारी तथा लेखहरु