फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङ युगुर स्वायत्त प्रदेश स्थापनाको ६५औँ वार्षिकोत्सव

(GMT+08:00) 2020-09-30 19:49:42
यस वर्षको अक्टोबर १ तारिख चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेश स्थापनाको ६५ औँ वार्षिकोत्सव हो। चीनको उत्तर पश्चिमी भागमा पर्ने १६ लाख ६० हजार किलोमिटरभन्दा फराकिलो भूमिमा ५० भन्दा बढी जातिका २ करोड ५० लाखका जनताहरू बसोबास गर्दछन्। त्यहाँका जनताहरूले एकले अर्काको सहयोग गर्दै अथक प्रयास गरेर सुमधुर घरबारको निर्माण गरिरहेका छन्।

सिन्च्याङको सबभन्दा दक्षिणी भागमा पर्ने हथेन क्षेत्रमा धेरै वर्षअगाडि हिंसात्मक घटना समय समयमा देखा परेका कारण त्यहाँ घुम्ने पर्यटकको संख्या निकै कम थियो। बितेका केही वर्षयता आतंकवाद विरोधी र चरमपन्थीलाई मेटाउने कदम चालिएपछि त्यहाँको सामाजिक अवस्था स्थिर हुँदै आएको र पर्यटन व्यवसाय पनि द्रूत गतिले विकसित हुँदै आएको देखिन्छ।

हालको सिन्च्याङमा लगातार ३ वर्ष ९ महिनासम्म कुनै पनि आतंकवादी गतिविधि देखा परेको छैन। त्यसबाट के प्रष्ट गरिएको छ भने हिंसात्मक आतंकवादी गतिविधिलाई प्रभावकारी रुपमा नियन्त्रण गरिएको छ भने चरमपन्थीलाई मेटाउने कार्यमा पनि टड्कारो उपलब्धि प्राप्त भएको देखिन्छ।

सिन्च्याङको यस्तो ठूलो परिवर्तनलाई अन्तर्राष्ट्रिय समाजले पनि मान्यता दिएको छ। गत जुलाई महिनामा आयोजित संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को सम्मेलनमा ४० मुलुकले संयुक्त सम्बोधन गर्दै सिन्च्याङको मानव अधिकार कार्य विकास हुने क्रममा प्राप्त उपलब्धि र आतंकवाद विरोधी कार्यमा प्राप्त प्रतिफलको सकारात्मक मूल्याङ्कन गरेका थिए।

जानकारी तथा लेखहरु